प्रदेश प्रमुखद्वारा दुईवटा विधेयक प्रमाणीकरण

86

प्रस, जनकपुरधाम, २९ पुस/
प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले बुधवार दुईवटा विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हकअधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधवार प्रमाणीकरण भएको हो।
दुवै विधेयक प्रमाणीकरण गरिएको कुरा प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति प्रकाशित गरी जानकारी गराएको छ। यो दुवै विधेयक केही महीनाअघि प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।
प्रदेश प्रमुखका रूपमा परियार आएपछि उनले यी दुर्ईसहित १६ वटा विधेयक प्रमाणीकरण गरेका छन्। योसँगै प्रदेश नं २ मा प्रमाणीकरण भएको विधेयकको सङ्ख्या ३८ पुगेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्