छात्रावासका बालक र थुनुवालाई कम्बल वितरण

0
35

प्रस, वीरगंज, २९ पुस/
आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले रूँगटा वेलफेयर सोसाइटीको सहयोगमा आमाको छात्रावास र वडा प्रहरी कार्यालयका थुनुवाहरूलाई कम्बल वितरण गरेको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आदर्शनगरस्थित आमाको छात्रावासमा आश्रित ३० जना बालकलाई कम्बल वितरण गरिएको थियो।
यसैगरी, वडा प्रहरी कार्यालय बिर्ता र श्रीपुरमा रहेका थुनुवाहरूको लागि १०/१० थान कम्बल वितरण गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए।
कार्यक्रममा रूँगटा वेलफेयर सोसाइटीका सुरेश रूँगटा, प्रहरी नायब उपरीक्ष्Fकद्वय ओमप्रकाश खनाल, मनोजीत कुँवर, वप्रका बिर्ताका प्रनि राजेशराज पुरी, श्रीपुरका दीपक साह, कपडा बैंककी नूतन सरावगी, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्की, नेपाल पत्रकार महासङ्घ, पर्साका सचिव युवराज खड्कालगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्