सीमानाका चाँडै खुल्छ –मन्त्री साह

97

प्रस, रौतहट, २८ पुस/
कोरोना भाइरसका कारण लकडाउन शुरू भएपछि चैतको पहिलो सातादेखि बन्द रहेको नेपाल–भारत खुला सीमानाका चाँडै खुल्ने शहरी विकासमन्त्री प्रभु साहले बताएका छन्।
मङ्गलवार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित क्षेत्र नं ४ को क्षेत्रीय कार्यकर्ता भेलामा प्रमुख अतिथि मन्त्री साहले सीमा खुला गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताए। लामो समयदेखि सीमानाका बन्द हुँदा आममानिस मारमा परेकोले तत्काल खोल्न आफूले पहल गर्ने उनले बताए। नेपाल–भारत सीमामा आवतजावत नहँुदा सबैभन्दा मारमा किसान र सर्वसाधारण परेकाले माघको पहिलो सातासम्म सिमाना खुल्ने मन्त्री साहले आश्वासन दिए।
सो अवसरमा उनले प्रचण्ड–नेपाल समूह अन्तर्घाती भएको आरोप लगाए। प्रचण्ड–नेपाल समूह जनताविरोधी भएको बताउँदै उनले प्रधानमन्त्री ओली पक्ष सक्कली कम्युनिस्ट भएको दाबी गरे। मन्त्री साहले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए। प्रचण्ड–नेपाल समूहले ओली सरकारलाई घेराबन्दीमा पारेका कारण अहिलेको अवस्था आएको उनले बताए। मन्त्री साहले माधव नेपाल स्वार्थी र प्रचण्ड माओवादीको नाममा व्यापार गर्ने नेता भएको टिप्पणी गरे। लामो समयदेखि माओवादीमा चुनाव नगरेरै अध्यक्ष बन्दै आएका प्रचण्डको कारण बादल, वैद्य, विप्लवसहितका दर्जनौं माओवादीले छाडेको बताए। बादल, वैद्य, विप्लव सक्कली माओवादी भएको मन्त्री साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्