प्रदेशस्तरीय एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि बारालाई

141

प्रस, वीरगंज, २८ पुस/
प्रदेश नं २ मा आयोजित प्रदेशस्तरीय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि बाराले जितेको छ।
मङ्गलवार सम्पन्न फाइनल खेलमा पर्सालाई सजिलै पराजित गरी बाराले उपाधि जितेको हो। प्रतियोगिताको फाइनलमा बाराले टस जितेर पहिले ब्याटिङ गरेको थियो। बाराले निर्धारित ५० ओभरको खेलमा ४९ ओभर खेलेर सबै विकेट गुमाइ १७७ रन जोडेको थियो।
तर पर्सा जिल्लाले भने २२.५ ओभरमा सबै विकेट गुमाएर केवल ५० रन मात्र बनाउन सक्यो। प्रतियोगिताको उपाधि जितेको बाराले म्यान अफ द म्याच र उत्कृष्ट बलरको उपाधि पनि जित्यो। बाराका आदिल अन्सारीले दुवै उपाधि जितेका हुन्। फाइनलमा उनले ६.५ ओभर गरी ९ रन मात्र दिएर ५ विकेट लिएका थिए भने प्रतियोगिता भरिमा ३९.५ ओभर गरी १० मेडेनको सहयोगमा ७५ रन मात्र दिएर १५ विकेट लिन सफल भएका थिए।
प्रतियोगितामा उत्कृष्ट ब्याट्समैनको उपाधि महोत्तरीका रवि सिंहले जिते। उनले ३ खेलमा १७४ बलमा १७४ रन बनाएका थिए। यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी सप्तरीका महबुब आलम घोषित भए। उनले ४ खेलमा ९१ बलमा १६५ रन जोडेका थिए भने २४ ओभरमा १२८ रन दिएर ५ विकेट लिएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्