रातारात बाटो खन्दा गहुँखेत पुरियो

95

प्रस, वीरगंज, २७ पुस/
वीरगंज महानगर–२६ सुगौलीमा हिजो राति सडक खन्ने क्रममा जेसिबी प्रयोग गरेर माटो निजी जग्गामा फाल्दा गहुँबाली नष्ट भएको उमाशङ्कर द्विवेदीले बताएका छन्।
उनले आफूसहित चार दाजुभाइको नाममा रहेको कित्ता नं. ७५ को जग्गामा स्थानीय रूपनारायण कुर्मीसमेतले जेसिबी प्रयोग गरेर ग्रेभल सडक खन्ने क्रममा माटो आफ्नो खेतमा राखेर गहुँबाली नष्ट गरेको बताए।
उनले साविकको ग्रेभल बाटो खनेर खेतमा माटो पुरेको र ग्रेभल बाटोलाई आफ्नो कित्तामा पार्न काम गरेको आरोप लगाए।
घटनापछि वडा प्रहरी कार्यालय, श्रीपुरमा खबर गरेको र प्रहरीले साढे १० बजे राति सो बाटो खन्ने कामलाई रोकेको बताए। रातिको मौका छोपेर कुर्मीले सो गलत काम गरेको हुँदा उनीमाथि हदैसम्मको कारबाई हुनुपर्ने माग गरेका छन्। 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्