प्रचण्ड–नेपाल समूहले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाए –उपप्रम पोखरेल

80

प्रस, निजगढ, २७ पुस/
नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्ड–नेपाल समूहले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको आरोप लगाए। बाराको कलैया उपमहानगरपालिकामा नेकपा ओली समूहले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारको लोकप्रियताबाट आत्तिएर प्रधानमन्त्री ओेलीलाई कमजोर बनाउन खोजिएको र अविश्वास प्रस्ताव दर्ता गरिएकोले लोकतन्त्रलाई जोगाउन ताजा जनादेशका लागि जनतामा जाने निर्णय गरिएको बताए।
उनले राष्ट्रवादको झन्डा उठाउन र नेकपालाई विजयी बनाउन आग्रह गरे। उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा निर्वाचन हुने बताउँदै त्यसको लागि सबै कार्यकर्तालाई सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिए।
कलैयामा आयोजित कार्यक्रममा नेकपा प्रदेश इन्चार्ज सत्यनारायण मण्डल, शहरी विकासमन्त्री प्रभु साह, कानूनमन्त्री लीला श्रेष्ठ, पूर्वमन्त्री रघुवीर महासेठ, सुमन प्याकुरेललगायतले ओली सरकारले गरेका कामहरूको बारेमा प्रकाश पारेका थिए।
बलवीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य ज्वाला साहले स्वागत र प्रधानमन्त्रीका पूर्व सल्लाहकार अच्युत मैनालीले सहजीकरण गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्