पर्सा बारको शपथग्रहण सम्पन्न

141

प्रस, परवानीपुर, २७ पुस/
नेपाल बार एशोसिएशन पर्सा एकाइको शपथग्रहण सम्पन्न भएको छ। पर्सा जिल्ला अदालत परिसरभित्र रहेको बारको सभाहलमा प्रमुख निर्वाचन अधिकृत जीतेन्द्रप्रसाद कुर्मीले नवनिर्वाचित पदाधिकारीलाई शपथग्रहण गराएका थिए।
बारको अध्यक्षमा अधिवक्ता ओमप्रकाश गुप्ता निर्विरोध चयन भएका थिए भने उपाध्यक्षमा अजयकुमार श्रीवास्तव, सचिव राकेशकुमार मल्लिक र कोषाध्यक्षमा सुनीलकुमार यादव निर्वाचित भएका थिए।
सहसचिवमा प्रतिमाकुमारी चौरसिया र १३ जना सदस्य तथा ७ जना पार्षद् निर्विरोध चयन भएका थिए। सबैजनाले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए।
निर्वाचन समितिका सदस्य अधिवक्ता सन्तोषकुमार श्रीवास्तवको सहजीकरणमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, वरिष्ठ कानून व्यवसायी राजनाथ ठाकुर, दीपक राजभण्डारी, पर्सा बार एकाइका पूर्वअध्यक्ष पन्नालाल गुप्ता, प्रमोद साह, निवर्तमान अध्यक्ष धु्रवदेवप्रसाद कुर्मीलगायतले  नवनिर्वाचित पदाधिकारी र समितिले बार र बेन्चबीच सुमधुर सम्बन्ध बनाउँदै अदालतभित्र आर्थिक लेनदेन, विकृति तथा विसङ्गतिलाई न्यूनीकरण गर्न र न्याय सम्पादनमा प्रभावकारी भूमिका खेल्नुपर्ने मन्तव्य व्यक्त गरेका थिए।
नवनिर्वाचित बार अध्यक्ष गुप्ताले आफ्नो कार्यकालमा सानो–ठूलो सबैलाई सँगै लिएर अघि बढ्ने र बार सदस्यको अपेक्षा अनुसार काम गरेर देखाउने प्रतिबद्धता जनाएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्