निश्शुल्क आँखा शिविर, २० जनामा मोतीबिन्दु

86

प्रस, वीरगंज, २७ पुस/
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली, आस्था नेपाल तथा माट्रिका आई फाउन्डेशनको प्राविधिक सहयोगमा सोमवार त्रिमूर्तिटोलमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ।
शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले समुदाय–प्रहरी मिलेर समाजमा महिला तथा घरेलु हिंसा अन्त्य हुने बताए।
उनले महिला हिंसाको कारण हाम्रो समाज आक्रान्त भइरहेकाले न्यूनीकरणमा सबैको हातेमालो आवश्यक रहेको बताए। उनले सामुदायिक प्रहरी सेवा केन्द्रको स्थापना नै समाजमा विकृति न्यूनीकरणको लागि भएको बताए।
सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका सचिव कुलनारायण प्रधानको सभापतित्वमा भएको कार्यक्रममा वडाध्यक्ष प्रद्युम्न सेढाईं, नेपाल फोटो पत्रकार सङ्घ प्रदेश २ का अध्यक्ष राम सर्राफ, जिल्ला ट्राफिक कार्यालय वीरगंजका प्रहरी निरीक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपक साह, माट्रिका आई फाउन्डेशनका स्वास्थ्य संयोजक महेश सिंह धामी, हरि वैधलगायतले मन्तव्य व्यक्त गरेका थिए।
शिविरमा मुर्ली, श्रीपुर, राधेमाई, पिपरा, रानीघाटका ७५ जनाको आँखा चेकजाँच गरिएकोमा २० जनामा मोतीबिन्दु फेला परेको फाउन्डेशनका धामीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्