ज्ञानदामा अध्ययनरत दलित बालबालिकालाई कम्बल वितरण

83

प्रस, वीरगंज, २७ पुस/
रोटरी, रोट्रयाक्ट–इन्ट्रयाक्ट क्लब  अफ वीरगंजको सहकार्यमा ज्ञानदा माविमा अध्ययनरत दलित बालबालिकाहरूलाई कम्बल, मोजा र टोपी हस्तान्तरण गरिएको छ।
तीनवटै क्लबको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो। स्कूलका ५० जना विद्यार्थीलाई कम्बल, मोजा र टोपी वितरण गरिएको थियो।
कार्यक्रममा रोटरी क्लबका सोहन पोद्दार, आनन्दकुमार झा, पारस रघुवार, अभिषेक चौधरी, रोट्रयाक्ट अफ वीरगंजका रवि पण्डित, रोहित साह, रोमित सिंह, सम्बित रौनियार, आकाश कलवारलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्