छोरीलाई जिउँदै जलाएर मार्ने आमा जेल चलान

97

प्रस, वीरगंज, २७ पुस/
बहुदरमाई नगरपालिका–८ रामनगरीमा गत कात्तिक २९ गते लक्ष्मीपूजाको दिन भएको आगलागी घटनामा संलग्न लालमती देवीलाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको छ।
लालमती देवीले लक्ष्मीपूजाको दिन आगलागीको घटना नियोजितरूपमा गरेको र सो आगलागीमा निजकी छोरी माना कुमारीको निधन भएको थियो। प्रहरीले अनुसन्धानको क्रममा लालमती देवीले आगो लगाएको पुष्टि भएपछि सोबारे अनुसन्धान अगाडि बढाएर पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। माना कुमारीका बुबा र आमाले सो घटना गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो। आगलागीको घटना नियोजित भएको तथ्य फेला पारेपछि प्रहरीले अनुसन्धान गरेको र अनुसन्धानको क्रममा लालमती देवीले छोरी माना कुमारीलाई ट्युशन पढाउने शिक्षक रामबाबू रामसँग प्रेम भएको पाएपछि आगलागीको घटना गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रनि दीपक थापाले बताए।
घटनाको छानबिनमा प्रहरीलाई लालमतीदेवीकी बुहारी मनीषाले सघाएकी थिइन्। उनकै बयानको आधारमा प्रहरीले मानाकुमारीको हत्या भएको पत्ता लगाएको हो। बुहारीको बयानपछि इप्रका पोखरियाले मङ्सिर ८ गते लालमती देवीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले छोरीलाई सुतेको अवस्थामा पेट्रोल छर्केर आगो लगाएको स्वीकारेकी थिइन्।
यसअघि लालमती देवीले घटना भएको दिन घरमा आगलागी हुँदा घरभित्र कोही पनि नभएको बताउँदै छिमेकीहरूलाई आगो निभाउनबाट रोकेको बयान दिएकी थिइन्। पछि छोरी मानाकुमारी घरभित्र जलेर मरेको घटना बाहिरिएको थियो।
प्रहरीसमक्ष लालमतीले पति मनबोधको सहयोगमा आगलागी गराएको स्वीकार गरेकी थिइन्। मनबोध हालसम्म फरार रहेको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्