हराएका दुई बालक फेला

93

प्रस, वीरगंज, २६ पुस/
वीरगंजका दुईजना बालक शनिवार बिहानदेखि हराएकोमा आइतवार भारतको पटनामा फेला परेका छन्।
वीरगंज महानगर–४ बिर्ता बस्ने यातायात व्यवसायी जगरनाथ कलवारका १२ वर्षीय छोरा शिवेश गुप्ता र दिपेश शर्माको १२ वर्षीय छोरा प्रनिश शर्मा शनिवार बिहान ११ बजेदेखि हराएका थिए। दुवैजना बालक घरनजीकको ट्युशन पढ्न गएका र त्यसपछि घर नफर्केपछि प्रहरीमा खबर गरिएको र खोजतलास शुरू भएको थियो। आइतवार दिउँसो दुई बजे उनीहरू भारतको पटनामा फेला परेको परिवारजनले जनाएका छन्। दुवैजना बालकहरू गौतम मावि कक्षा ७ मा अध्ययरत हुन्।  उनीहरूलाई लिन परिवारजन पटना गएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्