बीउ उत्पादन र बजारीकरण सम्बन्धी छलफल

89

प्रस, वीरगंज, २६ पुस/
कृषि ज्ञान केन्द्र पर्साको आयोजनामा बीउ उत्पादन तथा बजारीकरण प्रवद्र्धन सम्बन्धी सरोकारवालासँग छलफल भएको छ।
कार्यक्रममा बोल्दै कृषि वैज्ञानिक कैलाशप्रसाद भुडेलले जति खेतमा लगानी गरे पनि राम्रो बीउ नभए उत्पादन ह्रास हुने बताए। जिल्लामा बीउको कारण उत्पादन घट्दै गएको र लगानी बढ्दै गएको बताए।
स्थानीय सरकार गठन हुनुभन्दा अघि देशभरि सञ्चालनमा रहेको बीउ, बिजवृद्धि कार्यक्रमले यहाँका किसानलाई उन्नत जातको बीउ दिने गरेको तर सङ्घीयता आएपछि कार्यक्रम रोकिएपछि किसानहरू मर्कामा परेको बताए। प्रदेश सरकारले चालू आवदेखि उन्नत जातको बीउ उत्पादन र बजार व्यवस्थापनको लागि अनुदान रकमसहित स्थानीय तहमा पठाइएको बताए।
कार्यक्रममा बोल्दै सरोकारवालाहरूले स्थानीय सरकारमा सङ्घ सरकारले पठाएको रकम दुरूपयोग हुने गरेको र वास्तविक किसानहरू वञ्चित हुने गरेको बताए। अन्य शीर्षक सरह स्थानीय सरकारले कमिशनको भरमा काम गर्ने गरेको र गुणस्तरहीन बीउ किसानहरूलाई वितरण गरेको कारण आफूहरू समस्यामा परेको बताए।
निमित्त कार्यालय प्रमुख मुनिलाल प्रसादको सभापतित्वमा भएको कार्यक्रममा बीउ बिक्रेता सङ्घका केन्द्रीय उपाध्यक्ष छोटेलाप्रसाद साह, कृषि अधिकृत सुरेश चौरसिया, कृषि अनुसन्धान कार्यालयका इन्जिनीयर सुशील सहनीलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा गापामा सञ्चालन रहेका कृषि सहकारी, किसान तथा बिक्रेताहरूको सहभागिता थियो। कार्यक्रममा कृषि निर्देशनालयका विकाश साहले कार्यपत्र प्रस्तुत गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्