नेकपा ओली समूहको पोखरियामा भेला, निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह

123

प्रस, पोखरिया, २६ पुस/
नेकपा ओली समूहले पोखरिया नगरपालिकामा नगरस्तरीय कार्यकर्ता भेला गरेको छ।
कार्यकर्ता भेलाका प्रमुख अतिथि केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष प्रभु हजराले तोकिएको वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने ठोकुवा गरे। उनले कार्यकर्ताहरूलाई निर्वाचन हुने कुरामा ढुक्क हुन भन्दै तयारीमा जुट्न आग्रह गरे।
नेता हजराले प्रचण्ड–माधव समूहका कारण देश अस्थीरतातर्फ गएको आरोप लगाए। उनले प्रधानमन्त्री ओलीको लोकप्रियताबाट तर्सेर आफ्नै पार्टी फुटाउन दुई नेताहरू उद्यत भएको र त्यसैको परिणाम निर्वाचनमा जानुपरेको बताए।
अर्का केन्द्रीय सदस्य राजकुमार गुप्ताले पद, शक्ति र पैसाको लागि एउटा समूहले नेकपालाई टुत्र्mयाएको आरोप लगाए। उनले दुई तिहाइको नेकपाको सरकार स्वार्थ, लोलुपतामा लागेकाहरूको कारण टुक्रिएको भन्दै लोकतन्त्रको रक्षाको लागि जनमत लिन मध्यावधि निर्वाचन गराउनुपरेको बताए। उनले पनि निर्वाचन तोकिएको समयमा हुने र त्यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरे।
नेकपा ओली समूहका पोखरिया नगर अध्यक्ष एवं केन्द्रीय सदस्य प्रद्युम्न चौहानको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य निर्मला देवकोटा, जयप्रकाश थारू, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, छिपहरमाई गापाका मनोज गुप्ता, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष एवं नेकपा जिल्ला कमिटी पर्साका सदस्य श्याम बन्जारा, हनिफ अन्सारी, शम्भु पाल, जोगिन्द्र साह, विन्ध्याञ्चल ठाकुर, राजदेव दासलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत प्रमोद गिरीले र सहजीकरण दिनेश चौहानले गरेका थिए।
भेलाअघि नेकपा पोखरिया नगर कार्यसमितिको आयोजनामा –याली निकालिएको र नगर परिक्रमा गरिएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्