अन्तर्राष्ट्रिय ब्रान्डको नक्कल गर्ने उद्योगलाई जरिवाना

85

प्रस, वीरगंज, २६ पुस/
वीरगंज महानगरपालिका–६ रेशमकोठी चोकस्थित एसआर रेडिमेड उद्योगलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत रू ३ लाख जरिवाना गरिएको छ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो नेतृत्वमा आज सो उद्योगमा छापामारी हुँदा एडिडास कम्पनीको टाउजर, द नर्थ फेसको सुट उत्पादन गरिएको पाइएपछि त्यसको आधिकारिकता प्रस्तुत गर्न नसक्दा उपभोक्ता संरक्षण ऐन अनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, बनावट ढाँटेर लुकाइछिपाइ बिक्री गरेको कसूरमा रू ३ लाख दण्ड गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दिलीप खंग खत्वेले बताए।
प्रजिअको नेतृत्वमा सशस्त्र प्रहरी उपरीक्ष्Fक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीकाप्रसद पोखरेल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्ष्Fण कार्यालय पर्साका निरीक्षण अधिकृत जीतबहादुर भण्डारीको टोलीले छापामारी गरेर जरिवाना गरेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्