मुख्यमन्त्रीको टोली नाला अनुगमनमा

89

प्रस, वीरगंज,२५ पुस/
प्रदेश २ का मुख्यमन्त्री लालबाबू राउतसहितको टोलीले आज वीरगंज महानगरपालिकाको वडा नम्बर १५ लक्ष्मणवा, भिस्वामा सडक, नालाको स्थलगत अनुगमन गरेको छ।
मुख्यमन्त्री राउतको निर्वाचन क्षेत्रसमेत रहेको भिस्वा र लक्ष्मणवामा आगामी दिनमा सडक र नालासम्बन्धी काम, विगतमा प्रदेश सरकारबाट भइरहेका योजनाको अनुगमन, निरीक्षण तथा गुणस्तरीयताबारे स्थलगत अवलोकन गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।
सो अवसरमा मुख्यमन्त्री राउतले लक्ष्मणवा र भिस्वाका बासिन्दासँग स्थानीय समस्याको जानकारी लिएका थिए।
मुख्यमन्त्री राउतसँगै अनुगमन टोलीमा वीरगंज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी, रेडियो वीरगंजका कार्यकारी निर्देशक ध्रुव साह, जसपाका नेता रमेश यादव, मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादव, अजय सर्राफलगायत स्थानीय नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्