बहुदरमाईमा जसपाको विस्तारित बैठक

96

प्रस, वीरगंज, २४ पुस/
जनता समाजवादी पार्टी बहुदरमाई नगरपालिका नगर कार्यसमितिको विस्तारित बैठक बैरियामा सम्पन्न भएको छ।
प्रधानमन्त्रीले संसद् विघटन गरेपछि सो कदम असंवैधानिक भएको भन्दै पुस २७ गते वीरगंजमा हुने पार्टीको जनप्रदर्शनमा सहभागिताको लागि बैठकले आह्वान गरेको नगरसचिव बृजेश यादवले बताए।
नगरअध्यक्ष्F कृष्ण यादव र सिंहासन प्रसादको संयुक्त अध्यक्षतामा सम्पन्न बैठकमा जसपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य करीमा बेगम, केन्द्रीय सदस्य शिव पटेल, जटाशङ्कर गुप्ता, जिल्लाध्यक्ष्F रामनरेश यादव, जगदीश पटेल, तबरेज अहमदलगायतले संविधान विघटनविरुद्ध एकजुट भएर विरोध गर्नुपर्ने धारणा राखेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्