प्रउ पन्त र पङ्गेनीको बिदाइ कार्यक्रम

109

प्रस, वीरगंज, २४ पुस/
पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तलाई वीरगंजका क्रियाशील महिला पत्रकारहरूले शुक्रवार कार्यक्रम गरी बिदाइ गरेका छन्।
प्रउ पन्तको सरुवा भएपछि उनलाई पत्रकार महिलाहरूले मायाको चिनो दिएर खादा र माला लगाएर सम्मानपूर्वक बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा प्रउ पन्तले ११ महीनाको आफ्नो कार्यकालमा सक्दो शान्ति सुरक्षा कायम गरेको बताइन्। उनले कोरोना भाइरसको कारण आफ्नो भूमिका चुनौतीपूर्ण रहेको र सोलाई आफूले इमानदारीका साथ पालना गरेको बताइन्।
यसैगरी, बाराका प्रहरी उपरीक्ष्Fक कृष्ण पङ्गेनीलाई प्रसौनी गाउँपालिकाले कार्यक्रमको आयोजना गरी बिदाइ गरेको छ। प्रउ पङ्गेनीले बारा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका प्रशंसनीय भएको र उनको कार्यको जनताले प्रशंसा गरेको हुँदा बिदाइ गरिएको गापा अध्यक्ष भोलाप्रसाद गुप्ताले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्