पर्सा र रौतहटबाट प्रधानमन्त्रीलाई विरोधपत्र पठाइयो

92

प्रस, वीरगंज, २४ पुस/
नेकपा प्रचण्ड–नेपाल समूहले वीरगंजमा संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय, पर्सामार्फत प्रधानमन्त्रीलाई संविधानसहितको विरोधपत्र पठाएको छ।
समूहले आज देशव्यापीरूपमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र पठाउने कार्यक्रम घोषणा गरेअनुरूप वीरगंजमा सो समूहका समर्थकहरूले घण्टाघरमा प्रदर्शन गर्दै जिप्रका, पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई संविधान र विरोधपत्र बुझाएका थिए। नेकपाका केन्द्रीय सदस्य दिनेश राईले प्रजिअलाई संविधान र विरोधपत्र बुझाएका हुन्। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साहलगायत स्थानीय नेता बालगोपाल थापा, विजय महतो, मनोज चौधरी, धनबहादुर श्रेष्ठ, नन्दकिशोर पञ्जियार, किशोरी कुशवाहा, नेपालेन्दु साहलगायतको सहभागिता थियो।
प्रस, रौतहट/
नेकपा रौतहटका अध्यक्ष कमल यादवले आज प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवमार्फत प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र पठाएका छन्।
देशव्यापी कार्यक्रम अन्तर्गत रौतहटमा पनि संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले प्रजिअमार्फत विरोधपत्र पठाएको हो।
विरोधपत्र बुझाउन पूर्वमन्त्री सत्यनारायण भगत, सरला यादव, पूर्वसांसद रामकुमार भट्टराई, विन्देश्वर यादव, शम्भु साहलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्