अभागीलाई खाने बेलामा रिस उठ्छ रे

0
38

वैधनाथ ठाकुर

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले संसद् विघटन गरेपछि नेपाली राजनीतिको तापक्रम निकै बढेको छ। प्राकृतिक हिसाबले अहिले तापक्रम ओरालो लाग्दै गए पनि नेपाली राजनीतिक घटनाले उत्तरी देश चीन तथा दक्ष्Fिणी देश भारतसमेतको चिन्ता र चासो बढ्दै गएको छ। हुनत निकै लामो समयदेखि भारतको प्रत्यक्ष दबाबमुनि चलिरहेको नेपाली राजनीति संविधानसभाद्वारा संविधान घोषणा भएदेखि नै दक्ष्Fिण अलि चिढिएको तथा रुष्ट रहेको अवस्था पटक–पटक देखिएको छ।
नेपाली राजनीतिका जानकारहरू बताउँछन्– भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखको प्रधानमन्त्रीसँगको अप्रासङ्गिक भेटघाटपश्चात् नै नेपाली राजनीति तातेको हो। हुन पनि भारतले नेपालमा आफ्नो समर्थक सरकार सदैव चाहन्छ। एउटा बलियो छिमेकीले सधैंभरि आफ्ना सबै छिमेकी आफ्नो तालमैं हिंडोस् भन्ठान्नु अस्वाभाविक होइन। भारतजस्तो देश जसले बेला–बेलामा नेपालमा हिन्दू राज्यको मुद्दा उठाउन लगाउँछ, जबकि उसको आफ्नै देश धर्मनिरपेक्ष्F छ। यस अर्थमा हामीले भारतलाई दोष दिनुभन्दा पनि आफ्नो थैलीको मुख बलियो पारेमा चोरलाई दोष दिनुपर्दैन भन्ने भनाइ सम्झिनुपर्छ।
सत्ताको लागि हानाथाप गरिरहने हाम्रो पुरानो परम्पराले गर्दा विदेशी शक्तिहरूले खेल्ने मौका पाएका छन्। हामी सबैलाई राम्ररी थाहा छ कि नेपालमा विद्यमान वर्तमानको सङ्घीय लोकतान्त्रिक गणतन्त्र देशी–विदेशी शक्तिहरूलाई मन परेको छैन। उनीहरूको लामो समयदेखिको इच्छा वाम एकताले फेल खाएको थियो। भनिन्छ, भारतीय इच्छाविपरीत चीनको इच्छाले नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र जस्ता फरक धार र फरक विचारका पार्टीबीच एकता भएको थियो। नेपालमा कम्युनिस्ट सरकार बनोस् र चलोस् यस्तो सोच भारतको कुनै पनि सरकारको रहेन। नेपाली राजनीतिमा देखिएको कम्युनिस्ट पार्टी एकीकरण पनि पहिलो एकीकरण थिएन, विगतमा नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता भएर नेकपा एमाले भएको थियो। यस्ता पार्टी एकता थुप्रैपटक भएपनि दुई तिहाइनजीक कम्युनिस्ट पार्टीहरू कहिले पुगेका थिएनन्।
एमाले र केन्द्रबीच गठबन्धन गरेर लडिएको चुनावामा जारी गरिएको घोषणापत्रले देखाएको सपनामा जनता रमाएका थिए। जनताले यस्तो कल्पना पनि गरेको थिएन कि चुनावी घोषणापत्र केवल मतदातालाई आकर्षित गर्नको लागि निकालिएको हो। दुई पार्टीबीचको एकता पनि धेरै दिन चल्ने छैन भन्ने सोच पनि कार्यकर्ता र जनतामा कहिले आएन। तर जुन कुरा हुनुपथ्र्यो, त्यो भएन। अर्थात् दुई तिहाइको कम्युनिस्ट सरकारको ध्यान जनताको सुखसुविधा तथा देशको प्रगति समृद्धितर्फ केन्द्रित हुनुपथ्र्यो। त्यसो हुन सकेन, सरकार गठन भएकै समयदेखि पार्टीका आन्तरिक नेताहरूबीच भागबन्डाको सवालमा बेला मौकामा नोकझोक हुँदै गथ्र्यो। सरकारको ध्यान चुनावी घोषणापत्र पढ्ने र त्यसलाई कार्यान्वयन गर्ने दिशामा जानुभन्दा पनि कमिशन खाने र भ्रष्टाचारलाई संस्थागत गर्ने दिशातर्फ नै केन्द्रित हुँदै गयो। नेताहरूको पदलोलुपताले झगडा यतिधेरै बढ्यो कि पार्टीको आन्तरिक अन्तरविरोध बाहिर सार्वजनिक हुन थाल्यो।
संसद् विघटनपछि यतिबेला प्रचण्ड, माधव, झलनाथलगायतका काम देशैभरि आफैंले बनाएको पार्टी अध्यक्ष्F तथा प्रधानमन्त्री केपीशर्मा ओलीको सत्तोसराप गर्नु मात्र हुन गएको छ। सडकमा ओलीको पुतला दहन प्रFयःजसो भइरहेको छ। डा रामवरण यादव राष्ट्रपति हुँदा जतिबेला प्रचण्डले सेनापति रुक्माङ्गत कटुवाललाई बर्खास्त गरे र सोलाई राष्ट्रपति यादवले बदर गरिदिए। त्यति बेला पनि राष्ट्रपति यादवको त्यति पुतला दहन भएन जति कि अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको भइरहेको छ।
२०१७ सालमा नेपाली काङ्ग्रेसको दुई तिहाइ बहुमतको सरकार राजा महेन्द्रले बडो नाटकीय ढङ्गले समाप्त गरेका थिए। नेपाली इतिहासमा त्यसलाई २०१७ को ‘कु’ भनेर जानिन्छ। राजा महेन्द्रले नेपाली काङ्ग्रेसका सांसदहरूलाई एक/एक गरी तर्साएर विश्वेश्वरप्रसाद कोइरालालाई राजीनामा दिन बाध्य पार्ने रणनीति लिएका थिए। शुरू–शुरूमा विपीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने योजनामा राजा महेन्द्र थिए, तर तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईको प्रस्ट अडानले गर्दा राजा महेन्द्र त्यो मिशन फेल भयो।
यसपालि पनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पूरै तयारी भएको थाहा पाएरै प्रधानमन्त्रीले संसद् अधिवेशन बस्ने एक हप्ताअगाडि प्रतिनिधिसभा विघटन गरेर प्रचण्डको रणनीति फेल गरेका हुन्। कहिलेकाहीं माधव नेपाल भन्छन्– अभागीलाई खाने बेलामा रिस उठ्छ रे। हो साँच्चै हो। यसपालि यो उखान माधव नेपाल स्वयंको गतिविधिले चरितार्थ भएको छ। केवल द्वितीय अध्यक्ष बन्नको लागि पार्टी नै फुटाउने तहमा प्रचण्डको योजनाको गोटी बन्न तयार भएको देखियो। कम्युनिस्ट पार्टीको करीब दुई तिहाइको सरकारको एक कार्यकालसमेत टिक्न नसक्नुमा प्रधानमन्त्री ओली दोषी छँदैछन् तर प्रचण्ड, माधव, झलनाथ पनि कम्ती दोषी छैनन्।
यतिबेला संसद् पुनर्गठन हुन्छ वा हुन्न त्यो अदालतको विषय हो तर नेपालमा कम्युनिस्टहरूले जेजस्तो चरित्रको प्रदर्शन गरेका छन्, त्यसले के प्रस्ट भएको छ भने आगामी चुनावमा फेरि जनताले कम्युनिस्टहरूलाई के आधारमा छान्ने ? परिवारवाद, कमिशनवाद, भ्रष्टाचार तथा आन्तरिक कलहमा लागेका कम्युनिस्टहरूलाई जनताले विश्वास गर्नुपर्ने कारण के हो ? नेपाली काङ्ग्रेस देउवा र पौडेलको गुटमा व्यस्त भएपनि जनताले कम्युनिस्ट किन रोज्ने अब ? यसको जवाफ दिनुपर्छ, यिनीहरूले।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्