महायज्ञबाट ३० लाख सङ्कलन

93

प्रस, बिरुवागुठी, २३ पुस/
पर्सागढी नगरपालिका–३ पकडिया बडनिहार बजारमा भइरहेको श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञ बिहीवार सम्पन्न भएको छ।
महायज्ञको समापन गर्दै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले वृद्धाश्रम निर्माण कार्य सराहनीय रहेको बताए। उनले महायज्ञमा बिहीवार रु १ लाख ११ हजार दानसमेत गरेका थिए।
पर्सागढी नगरपालिकाकी उपप्रमुख अर्चना चौधरीले वृद्धाश्रम निर्माणको लागि बजेट विनियोजन गरिने बताए। उनले पनि महायज्ञमा आज रु ५५ हजार दान दिएकी थिइन्।
महायज्ञमा करीब ३० लाखभन्दा बढी रकम सङ्कलन भएको आयोजक कमिटीका कोषाध्यक्ष अर्जुन अधिकारीले बताए।
कार्यक्रममा वडाध्यक्ष वेदमन दास थारू, उद्धवबहादुर उप्रेती, वडासदस्य रामप्रसाद पाठकलगायतले मन्तव्य राखेका थिए।
मूल आयोजक समितिका अध्यक्ष अशोक बुर्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अरुणप्रकाश रेग्मी  र सहजीकरण सहसचिव बलिराम शुक्लले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्