नेकपा प्रचण्ड–नेपाल समूहको लिपनीबिर्तामा भेला

131

प्रस, वीरगंज, २२ पुस/
नेकपा प्रचण्ड–नेपाल समूहको वीरगंज महानगरपालिका–२१ लिपनीबिर्तामा वडास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
पुस २५ गते वीरगंज महानगरस्तरीय कार्यकर्ता भेलाको तयारीका लागि आज वीरगंज महानगरको लिपनीबिर्ता, लालपर्सा, बगही, बसडिल्वा, चोर्नीलगायत ६ वटा वडाका कार्यकर्ताहरू सहभागी थिए।
भेलाको उद्घाटन केन्द्रीय सदस्य दिनेश राईले गरेका थिए।
उनले संसद् विघटन संविधानविपरीत भएको र सोको विरोधमा सबैलाई खुलेर अगाडि आउन आह्वान गरे।
भेलामा पूर्व संविधानसभा सदस्य बिचारी यादव, नेकपा पर्सा जिल्ला कमिटीका सदस्यहरू बालगोपाल थापा, गजाधर पटेल, प्रभु यादव, अरविन्द सिंह, नन्दकिशोर पञ्जियार, लज्जा रेग्मी, उमेश पटेललगायतले मन्तव्य व्यक्त गर्ने क्रममा प्रधानमन्त्री केपीशर्मा ओलीको कदमको आलोचना गरे। उनीहरूले कम्युनिस्टहरूको नाममा प्रम ओली कलङ्कित भएको दोषारोपण लगाए।
नेकपा वीरगंज महानगरका अध्यक्ष्F रहबर अन्सारीको अध्यक्ष्Fतामा भएको कार्यक्रममा युवा सङ्घका केन्द्रीय सदस्य मञ्जुर आलमले सहजीकरण गरेका थिए भने स्वागत वडाध्यक्ष्F अमानत अन्सारीले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्