संसदीय दलको नेताबाट मण्डल हटाइए

119

प्रस, जनकपुरधाम, २१ पुस/
नेकपा (दाहाल–नेपाल) पक्षका १९ जना सांसदले प्रदेश २ को संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ। जनकपुरमा मङ्गलवार बसेको संसदीय दलको बैठकले दलका नेताबाट मण्डललाई हटाएर शत्रुघ्न महतोलाई चयन गरेको छ।
हालको विभाजन अनुसार मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन्। विभाजनअघि मण्डल सो पार्टीका प्रदेश २ इन्चार्जका साथै संसदीय दलका नेता थिए। जनकपुरस्थित प्रदेशसभा सचिवालयमा नेकपा प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक बसेको थियो। बैठकपछि महतोलाई दलको नयाँ नेता चुनेको नेकपाका सचेतक बेंची लुङ्गेलीले जानकारी दिइन्।
दलका नेताबाट मण्डललाई हटाइएको र दलका नयाँ नेता महतोलाई चुनिएको जानकारी सभामुख सरोज यादवलाई गराइएको सचेतक लुङ्गेलीले सञ्चारकर्मीलाई जानकारी गराइन््। प्रदेश २ मा एउटै पार्टी हुँदा नेकपासँग ३२ जना सांसद थिए। नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा (प्रचण्ड–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली)सँग १३ जना सांसद छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्