प्रचण्ड र नेपाललाई पार्टी फोडुवा भन्दै बृहत् प्रदर्शन

113

प्रस, जनकपुरधाम, २१ पुस/
केपीशर्मा ओली पक्षीय नेकपाका नेता, कार्यकर्ताले मङ्गलवार जनकपुरधाममा बृहत् प्रदर्शन गरेको छ। उनीहरूले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पार्टी फोडुवा संज्ञा दिंदै प्रदर्शन गरेका हुन्।
जनकपुर रेलवे स्टेशनबाट शुरू भएको –याली भानुचोक, शिवचोक, जनकचोक हुँदै पार्टी कार्यालयमा पुगेर भेलामा परिणत भएको थियो।
प्रदर्शनको क्रममा उनीहरूले पार्टी एकता कायम रहनुपर्ने, पार्टी फुटको सूत्रधार प्रचण्ड र नेपाललाई जनताले साथ दिन नहुने, संसद् विघटन बाध्यकारी अवस्था भएकोलगायतका प्लेकार्डसहित नारा लगाएका थिए।
प्रदर्शनमा धनुषाका गाउँ–गाउँदेखि ओली समर्थकहरूको सहभागिता थियो।  आयोजित भेलालाई नेकपा नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महासेठलगायतले सम्बोधन गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्