पाटेबाघ मृत्यु घटनामा मिश्रलाई ५ दिन म्याद थप

95

प्रस, निजगढ, २१ पुस/
कारको ठक्करबाट पाटेबाघको मृत्यु भएपछि ठक्कर दिने कारका चालकलाई पाँच दिनको म्याद थमाएर निकुञ्जले अनुसन्धान गरिरहेको छ। कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्रलाई बारा जिल्ला अदालतले सो म्याद थप गरेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले जनाएको छ।
गत शनिवार बिहान करीब ७ बजे हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा.१६च ८११ नम्बरको कारले आधाभार जङ्गलको महेन्द्र राजमार्ग सडकमा पोथी पाटेबाघलाई ठक्कर दिएको थियो। सडक पार गर्न जम्पिङ गर्ने क्रममा कारले टाउकोमा ठक्कर दिंदा बाघको घटनास्थलमैं मृत्यु भएको थियो।
घटनालगत्तै कारचालक मिश्रले प्रहरीलाई सम्पर्क गरी घटनाबारे जानकारी गराएका थिए। उनलाई सोही दिन निकुञ्जले कार्यालयमा निगरानीमा राखी घटनाबारे सोधपूछ गरिरहेको छ।
सोमवार अदालतबाट अनुसन्धानका लागि थप म्याद दिएको निकुञ्ज कार्यालयका सहायक संरक्षक अधिकृत एवं सूचना अधिकारी रमेश यादवले जानकारी दिए। चालक मिश्र युनाइटेड फाइनान्सका कार्यकारी प्रमुख हुन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्