सामाजिक सेवा गरी छोरीको जन्म दिन

128

प्रस, वीरगंज, २० पुस/
पत्रकार महेश दासले छोरी श्रेया दासको छैटौं जन्मदिन पनि सामाजिक कार्य गरेर मनाएका छन्।
छैटौं जन्मदिनको अवसरमा वीरगंजस्थित मानवसेवा आश्रममा आश्रित ४५ जनालाई भोजन गराउनुका साथै आश्रमलाई सेनिटाइजर, हजार थान मास्क र खोकीको औषधि उपलब्ध गराएका थिए। कार्यक्रममा पत्रकार दासकी आमा प्रेमकला दास, पत्नी जुली दास, ओमकुमार झा, आश्रमकी सरू गुरुङलगायतको सहभागिता थियो।  पत्रकार दासले यसअघि छोरी श्रेयाको पहिलो जन्म दिनदेखि सामाजिक कार्य गर्दै मनाउँदै आएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्