वडा समितिद्वारा ज्येष्ठ नागरिकको सम्मान

92

प्रस, वीरगंज, २० पुस/
वीरगंज महानगर–४ वडा समितिको कार्यालयले वडाका १२० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
वडा कार्यालयमा आयोजित सम्मान कार्यक्रममा वडाका १२० जना ज्येष्ठ नागरिकलाई कार्यक्रमका प्रमुख अतिथि महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलालगायतले ज्येष्ठ नागरिकहरूलाई कम्बल, मिठाइ वितरण गरेका थिए।
वडाध्यक्ष जगत साह कानूको अध्यक्षतामा भएको कार्यक्रममा विनोद गुप्ता, लक्ष्मीनाथ नेपाल, प्रकाश उपाध्याय, राधा कार्की, उमेश शर्मा, राम श्रेष्ठ, वडा प्रहरी कार्यालय बिर्ताका प्रनि राजेश पुरीलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्