महायज्ञमा १५ लाख सङ्कलन

95

प्रस, बिरुवागुठी, २० पुस/
पर्सागढी नगरपालिका–३ पकडिया बडनिहारमा भइरहेको श्रीमद्भागवत धन–धान्याञ्चल ज्ञान महायज्ञको सोमवार पाँचौं दिन रु १५ लाख सङ्कलन भएको छ।
वृद्धाश्रम निर्माणका लागि असोज १५ गते धान्य पूर्णिमादेखि शुरू भएको महायज्ञमा ५ दिनमा रु १५ लाख सङ्कलन भएको कोषाध्यक्ष अर्जुन अधिकारीले बताए।
महायज्ञमा श्यामलाल चौधरी, राजेन्द्रबहादुर अमात्य, धर्मराज आचार्य, रामकुमारी गुरुङ, हरि पौडेल, टकबहादुर क्षत्री, अशोक बुर्लाकोटी, धनबहादुर गुरुङ, हरिलाल आचार्य, उद्घवबहादुर उप्रेती, जगरनाथ तिवारीलगायतले सबैभन्दा बढी दान चढाएका थिए।
यज्ञमा तुलादान, धानदानलगायत अन्य दानको पनि व्यवस्था रहेको प्रमुख कथावाचकमा शिवप्रसाद सापकोटाले बताए। महायज्ञ पुस २३ गतेसम्म हुने मूल आयोजक कमिटीका अध्यक्ष अशोक बुर्लाकोटीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्