पर्सागढीमा निश्शुल्क आँखा शिविर

84

प्रस, वीरगंज, २० पुस/
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको आर्थिक सहयोग तथा माट्रिका आई फाउन्डेशनको प्राविधिक सहयोगमा निश्शुल्क आँखा शिविर तथा उपचार अभियान जारी रहेको छ। अभियान अन्तर्गत सोमवार पर्सागढी नगरपालिका वडा नं ६ चैनपुरमा निश्शुल्क आँखा शिविर सम्पन्न भयो। शिविरमा मोतीबिन्दु भएका बिरामीहरूको निश्शुल्क शल्यक्रिया नगरप्रमुख सरावगीको सहयोगमा हुने जनाइएको छ। नगरप्रमुख सरावगीले उद्घाटन गरेको शिविरमा जनता समाजवादी पार्टी पर्साका  अध्यक्ष रामनरेश यादवलगायत स्थानीय नेताको सहभागिता थियो।
यसैगरी, महानगरभित्र निश्शुल्क आँखा परीक्षणको लागि महानगरपालिकाले माट्रिका आइ फाउन्डेशनलाई औषधि उपलब्ध गराएको छ। नगरप्रमुख सरावगीले महानगर स्वास्थ्य महाशाखामार्फत एक हजार पाँच सय ५३ फाइल औषधि उपलब्ध गराएको फाउन्डेशनका स्वास्थ्य संयोजक महेशसिंह धामीले जानकारी दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्