दुर्घटनामा भारतीय नागरिकको मृत्यु

95

प्रस, वीरगंज, १९ पुस/
वीरगंज महानगरपालिकाको गाडीमा टेम्पोले ठक्कर दिंदा टेम्पोमा सवार एकजना भारतीय नागरिक मृत्यु भएको छ। ना.१ग ७६६ नं को टेम्पोले मुख्य सडकको पोलमा बत्ती जडान गरिरहेको ना.२ह ३४७८ नंको महानगरको गाडीमा ठक्कर दिएपछि टेम्पोमा सवार भारत बिहार निवासी ३८ वर्षीय ध्रुव सहनीको उपचारको क्रममा मृत्यु भएको हो।
नारायणी अस्पतालअगाडि भएको घटनामा दुई घण्टापछि सहनीको मृत्यु भएको थियो।
घटना बिहान ११ बजे भएको थियो र उपचारको क्रममा १ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ।
गम्भीर घाइते सहनीको उपचारमा  तत्परता नदेखाउँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
घटनापछि महानगरका सवारी चालक भने डराएर फरार भएका छन्।
प्रहरीले महानगरको गाडीलाई नियन्त्रणमा लिएको छ र चालकको खोजी गरिरहेको जनाएको छ।
वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाले घटनाबारे आफूलाई जानकारी नगराइएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्