करणी गरेको अभियोगमा दुर्ईजना पक्राउ

100

प्रस, जनकपुरधाम, १९ पुस/
बालिकालाई करणी गरेको अभियोगमा धनुषाबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमला नगरपालिका वडा नं ८ हरिने बस्ने १९ वर्षीय विजयकुमार दास र सोही स्थानका २२ वर्षीय सद्दाम हुसेन छन्।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दास र हुसेनलाई शुक्रवार राति प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो।
खेतमा गएको मौका छोपी उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने मौखिक जानकारी पाएपछि  चोराकोयलपुर र इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्