२१ दिवसीय गहन राजयोग तपस्या साधना शुरू

239

प्रस, वीरगंज, १७ पुस/
२१ दिवसीय गहन राजयोग तपस्या साधनाको वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरे।
नयाँ वर्षको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले सुन्दर, सभ्य, आदर्श र विकृतिरहित समाज निर्माणमा ब्रह्माकुमारीले अह्म भूमिका खेल्दै आएको बताए। उनले संस्थाको पवित्र कामबाट आफू अत्यन्तै प्रसन्न हुँदै आएकोले यसले गर्ने सबै कामलाई महत्व दिने गरेको चर्चा गरे। नगरप्रमुख सरावगीले राजयोगमा सिकाइने ध्यानको आफू पनि अभ्यासी रहेको बताए। उनले कोरोना साम्य हुनुको साटो झन् यसको दुष्प्रभाव बढ्दै गएकोले योग, साधना, सकारात्मक चिन्तनले मनोबल र प्रतिरोधी क्षमता वृद्धि हुने बताए।
सेवा केन्द्र वीरगंजकी क्षेत्रीय निर्देशिका रविणा दिदीको अध्यक्षतामा आयोजित २१ दिवसीय राजयोग तपस्या साधना उद्घाटन समारोहमा मधु राणा, डा मञ्जु श्रेष्ठ, डा संयुक्ता साह, ब्रह्माकुमारी बेली, कृपा, सरस्वती, लक्ष्मी, शान्तिसागर, रेखा, शीलालगायतको सहभागिता थियो। कार्यक्रमको सहजीकरण ब्रह्माकुमार गोकुल गुभाजुले गरेका थिए भने धन्यवाद गोवद्र्धन चौधरीले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्