वीरगंजमा कोरोनाको तयारी रामभरोसे

218

प्रस, परवानीपुर, १७ पुस/
वीरगंज महानगरपालिका आर्थिक राजधानीको नाका मानिन्छ। तर वीरगंजमा पछिल्लोपटक कोरोना महामारीलाई लिएर खासै सावधानी अपनाइएको देखिंदैन।
सरोकारवाला निकायहरूको फितलो तयारी एवं उनीहरूबीच समन्वय नहुँदा यस्तो अवस्था सृजना भएको हो। वीरगंजमा कोरोना सङ्क्रमितको परीक्ष्Fण, कन्ट्याक्ट टे«सिङ, क्वारेन्टाइन तथा आइसोलेशन राख्ने विषयमा मनपरी किसिमले निर्णय लिने गरिएको छ। गत कात्तिक १५ गतेदेखि वीरगंज महानगरपालिकाले महानगरभित्रका बासिन्दामा कोरोना महामारीको विषयमा केही पनि कार्य गरेको छैन।
नेपाल सरकारले शङ्कास्पद कोरोना सङ्क्रमितको स्वाब परीक्षणमा रु २ हजार शुल्क लगाएको, असहाय, गरीब, विपन्नको मात्र निश्शुल्क पिसिआर परीक्ष्Fण गर्ने निर्देशन गरेपछि वीरगंज महानगरपालिकालाई पनि कोरोना महामारी नियन्त्रणबाट पछि हट्न बल मिलेको हो।
यता, हुनेखाने घरपरिवारका सङ्क्रमितलाई सशुल्क आइसोलेशनमा राखेर उपचार गर्न सकिने नेपाल सरकारले निर्देशन गरेपछि अहिले अधिकांश कोरोना सङ्क्रमित पोजेटिभ आए पनि घरमैं बस्न रुचाउँछन्। वीरगंजमा अहिले नेशनल मेडिकल कलेजको बाबा होटलमा रहेको पेइङ आइसोलेशन वार्ड सञ्चालन छ। जसमा केही सङ्क्रमित उपचार गराइरहेका छन्। १० दिनको रु २ लाख १० हजार जम्मा गरेपछि कोरोना सङ्क्रमितको त्यहाँ उपचार हुने गरेको छ। गरीब, विपन्न परिवारका भएपछि स्थानीय तहको सिफारिशमा निश्शुल्क उपचार हुन्छ।
बेलायत तथा युरोपमा कोरोनाको नयाँ सङ्क्रमण पत्ता लागेको र नेपालकै छिमेकी मुलुक भारत र बङ्गलादेशमा उक्त नयाँ सङ्क्रमणको भाइरस फेला परिसकेको अवस्थामा वीरगंज पनि जोखिमको केन्द्र हुन सक्ने चिकित्सकहरूको भनाइ छ। नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले कोरोना महामारी पूर्णरूपले साम्य नभएको तथा खोप पनि नेपालमा दिन शुरू नभएकोले हेलचेत्र्mयाइँ नगर्न आग्रह गरे। उनले सरोकारवाला निकायले यस विषयमा समयमैं ध्यान दिई कोरोना महामारी र नयाँ भाइरससँग लड्न उचित तयारी गर्न सुझाव दिए।
वीरगंज महानगरपालिकाको सामाजिक विकास महाशाखा अन्तर्गत स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोले सरकारको फरक नीतिको कारण आफूहरूले स्वाब सङ्कलन, परीक्षण र कन्ट्याक्ट टे«सिड्ढो जिम्मेवारीबाट छुटकारा पाएको बताए। उनले विगतमा महानगरपालिकाले कोरोना नियन्त्रणमा अहम् भूमिका निर्वाह गरेको कारण वीरगंजबाट कोरोना नियन्त्रण भएको दाबी गरे।
कात्तिक १५ सम्म वीरगंज महानगरपालिकामा १९ जना पुरुष र ७ जना महिला गरी २६ जनाको मृत्यु भएको छ भने १,५५८ पुरुष र ५०५ महिला गरी २०६३ जना सङ्क्रमित भएका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्