बहुदरमाई नपा–२ मा दलित आवासको शिलान्यास

97

प्रस, वीरगंज, १७ पुस/
भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश २ को जनता आवास कार्यक्रम अन्तर्गत बहुदरमाई नगरपालिका–२ पिपरामा डोम जातिका मानिसहरूको लागि भवन निर्माणको शिलान्यास गरिएको छ। प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले शिलान्यास गरेका हुन्।  
सो अवसरमा उनले पहिलो चरणमा दुई सय अतिविपन्न दलितको पक्की घर बन्ने बताए।
शहरी विकास तथा भवन कार्यालय वीरगंजका प्रमुख राजेन्द्र प्रसादले प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत दलित बस्तीमा भवन निर्माण गर्न लागेको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य करीमा बेगम, भीमा यादव, जसपाका केन्द्रीय सदस्य शिव पटेल, रामचन्द्र पडित, जसपा पर्साका सचिव राजेश साह, श्रीराम गिरी, जिल्ला सदस्य प्रेमचन्द्र कुशवाहा, निषेश यादव, जीतेन्द्र पटेल, मनोज पटेललगायतले शुभकामना व्यक्त गरेका थिए।
प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत प्रतिघर साढे तीन लाख रुपैयाँको दरले बजेट विनियोजन गरेर पहिलो चरणमा दुई सयजनाको घर निर्माण गर्ने लक्ष्य लिएको कार्यक्रममा जानकारी गराइएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्