नक्कली परिचयपत्र तथा स्टाम्प बनाउने गिरोह पक्राउ

110

प्रस, वीरगंज, १७ पुस/
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार पत्रकार सम्मेलन गरी सिआइबीलगायतको नक्कली परिचयपत्र तथा स्टाम्प बनाएको आरोपमा चारजनालाई पक्राउ गरेको जनाएको छ।
जनकपुरधाम उपमहानगरपालिका–९ स्थित सिटी प्यालेस गेस्ट हाउस एन्ड फैमिली रेस्टुरेन्टमा बिहीवार आपराधिक गिरोह समूहका मानिसहरूले सरकारी कागज, दस्तखत, छाप किर्ते गरी नक्कली कागजातहरू तयार गरिरहेको जानकारी प्रहरीले पाएको थियो। प्रहरी टोलीले खानतलाशी गर्दा होटलको कोठा नं १०६ बाट उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य अररिया फार्विशगंज घर भई मोरड्ढो विराटनगर उपमहानगरपालिका वडा नं १ बस्ने राजकुमार साहुका २७ वर्षीय छोरा समीर साहु, महोत्तरीको भङ्गाहा नगरपालिका वडा नं ९ बस्ने दिनेश यादवका २१ वर्षीय छोरा आदित्यकुमार यादव, जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ बस्ने बैजनाथ साहका ३० वर्षीय छोरा चन्दन साह र जनकपुरधाम उपमहानगरपालिका वडा नं २ बस्ने सुट्टा साहका ५० वर्षीय छोरा रामचन्द्र साह रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले प्लास्टिकको तीन थान पेस्तोल, विभिन्न बैंक तथा कार्यालयहरूका ४० थान स्टाम्प, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो लेखिएको प्रमाणपत्र एक थान, प्रभु बैंक, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, मेगा बैंकका नगद जम्मा भौचर, नबिल बैंकको क्यास डिपोजिट स्लिप, नेपाल रेलवे कम्पनी लिमिटेडको तीन थान आवेदन फाराम, विभिन्न बैंकका खाली चेकबूकलगायतका सामग्रीहरू बरामद भएको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्