करणी उद्योगका आरोपी पक्राउ परेन

103

प्रस, परवानीपुर, १७ पुस/
बारा जिल्लामा जबरजस्ती करणी उद्योगका अभियुक्त साढे चार महीना बितिसक्दा पनि पक्राउ परेका छैनन्।
सुवर्ण गाउँपालिका–५ औरहियाकी १२ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेका ३५ वर्षीय युवक शिवपूजन यादव पक्राउ परेका छैनन्। भदौ १ गते राति साढे ७ बजे उनले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। गाउँमा विश्वकर्मा पूजाको अवसरमा नाचिरहेको भाइलाई खाना खान बालिका बोलाउन जाँदा यादवले घरबाट सय मिटर पश्चिम एकजना छिमेकीको गोठमा बालिकालाई लगेर जबरजस्ती करणी गर्ने प्रयास गरेका थिए। मुखमा कपडा कोचिएको बालिकाले कपडा निकाली चिच्याएकी थिइन्। बालिका चिच्याएपछि एकजना स्थानीयले बालिकाको उद्धार गरेका थिए। त्यसपछि तीन दिनसम्म गाउँमैं पञ्चहरूले सो घटना मिलापत्र गराउन प्रयास गरेका थिए।
वडा नं ५ का अध्यक्ष्F रामएकबाल साहले रु डेढ लाख पीडित बालिकाको बुबालाई दिएर गाउँमा घटना सामसुम पार्ने कोशिश गरे तापनि पीडित बालिकाका बुबाले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय, बारामा किटानी जाहेरी दिएका थिए। अहिले बालिकाकी बुबालाई सुरक्ष्Fित नागरिक आवास निर्माण योजना अन्तर्गत गरीब, विपन्नको लागि बनाइने घरको फाराम भर्नसमेत बन्देज लगाइएको र घर निर्माणमा वडाध्यक्ष्Fले नसघाएको पीडित बालिकाका बुबाले बताए।
दुई/तीन दिनसम्म गाउँमा पञ्चायतद्वारा घटना साम्य पार्न खोज्दा पीडक युवक गाउँभन्दा ५ किलोमिटर दक्षिण भारतीय सीमा पार गर्दै अहिले भारतको मुम्बईमा बसिरहेको सूचना प्राप्त भएको छ। पीडित बालिकाको परिवारले पीडकलाई पक्राउ गर्न बारा प्रहरी उदासीन रहेको आरोप लगाएको छ। परिवारले बलात्कार गर्ने प्रयास गरेका युवकलाई पक्राउ गरी कारबाई गर्न माग गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले फरार आरोपितलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको तर उनी नेपाल नफर्केकाले पक्राउ पर्न नसकेको बताए। प्रहरीले उनलाई पक्राउ गरी बालिकालाई न्याय दिने आश्वासन दिएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्