आइसिपीमा १४ करोडको गोदाम र पार्किङ थपियो

92

प्रस, परवानीपुर, १७ पुस/
वीरगंजस्थित वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी)भित्र पूर्वाधारहरू निर्माण भएका छन्।
कोरोना महामारीको कारण तथा वीरगंज भन्सारको इनर्वा भन्सार नाकाबाट आवागमन पातलिंदै गएपछि आइसिपी नाकाबाट सवारीसाधनको आवागमन वृद्धि भएको छ। जसले गर्दा पार्किङ र गोदामको अभाव खड्किरहेकोले नेपाल इन्टरमोडेल यातायात समितिले रु १० करोडको लागतमा पार्किङ र रु ४ करोड लागतमा आयाततर्फ मालसामान भण्डारण गर्ने गोदामको निर्माण सम्पन्न गराइ सञ्चालनमा ल्याएको छ।
नेपाल इन्टरमोडेल यातायात विकास समिति (एनआइटिबी) आइसिपी वीरगंजका प्रमुख कमल ज्ञवालीका अनुसार पछिल्लो एक वर्षभित्र थोकर कन्स्ट्रक्शन काठमाडौंले दुवै काम गरेको हो। उनले २ सय ५० देखि ३ सय गाडी अट्ने पार्किङ निर्माण भएपछि आइसिपीको सडकमा पार्क गर्नुपर्ने समस्या समाधान भएको बताए। यसअघि सवारीसाधनको लागि पार्किङस्थल नहुँदा भारतबाट भित्रिने गाडीहरू आइसिपीको सडकमा लामबद्ध भएर रोक्नुपर्ने समस्या थियो।
यता नेपालमा आयातित मालसामानको सङ्ख्यामा वृद्धि भएपछि आयाततर्फ १ हजार वर्गमिटर क्ष्Fेत्रफलको मालसामान भण्डारण गर्ने गोदाम पनि सञ्चालनमा आएको छ। यसअघि आयात र निर्याततर्फ १३६४ वर्गमिटरका दुईवटा मात्र गोदाम थिए भने पार्किङस्थल थिएन। वीरगंजको आइसिपी नाका हुँदै अहिले दैनिक करीब ७ सयको हाराहारीमा गाडीहरू भारत तथा विदेशका मालवस्तु बोकेर आइसिपी प्रवेश गर्छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्