दलित समुदाय अझै पनि सामाजिक विभेदमा

126

धर्मेन्द्र चौरसिया, पोखरिया, १६ पुस/
पर्सा जिल्लामा रहेका दलितहरू अहिलेसम्म सुकुमबासी जीवन व्यतीत गर्दैछन्। थोरैमात्रको घरखेत नम्बरी छ।
दलित, मुसहर, चमार, दुसाध, डोम, धोबी, तत्वा, बिन, हलखोर जाति जिल्लामा एक लाखको हाराहारीमा छन्। उनीहरूको पहुँच अहिलेसम्म बढेको छैन। शिक्षामा पहुँच नभएको कारण यो समुदाय पछाडि परेको पिस फर दलित फाउन्डेशन पर्साका अध्यक्ष मनोज राम बताउँछन्। एक लाखमध्ये अहिलेसम्म शिक्षकमा दशजनाको स्थायी जागीर, पाँचजना निजामती, दशजना प्रहरी सेवा र केही सरसफाइमा दैनिक ज्यालादारीमा रहेका छन्। तर स्थायी जागीरमा पहुँच नभएको अध्यक्ष्F रामले बताए।
आफ्नो संस्थाले यो समुदायलाई शिक्षामा पहुँच बढाउन र बालबालिकाहरूलाई विद्यालयमा टिकाइराख्न प्रयास गरे पनि अहिलेसम्म आशाप्रदरूपमा सफलता नपाएको उनले बताए। दलित समुदायका बालबालिकाहरू पर्सा जिल्लामा अहिले पालिकास्तरमा गणना गर्दा एसइई र कक्षा १२ सम्म अध्ययन गरेका दुर्लभै भेटिन्छन्। एकाध पालिकामा यो स्तरको शिक्षा हासिल गरेका बालबालिका भेटिए पनि अधिकांश ठाउँमा कक्षा ५, ६ र बढीमा ८ सम्म अध्ययन गरेपछि अभिभावकले उनीहरूलाई ज्याला मजदूरीमा लगाउने गरेको पाइएको छ।
दलितहरूले अहिले पनि सामाजिक स्वतन्त्रताको अनुभूति गर्न सकेका छैनन्। उनीहरूले अहिले पनि समाजमा चरम भेदभावको सामना गर्नुपरेको छ। गैरदलितको विवाह उत्सवमा उनीहरूको सहभागिता वर्जित छ भने दलितहरूले आफ्नो भोजमा बोलाउँदा पनि गैरदलितको घरमा व्यवस्थापन गर्नुपर्ने अवस्था विद्यमान छ। कानूनमा छुवाछूत, भेदभावविरुद्ध व्यवस्था भएपनि सोको अनुभूति पर्साका दलितहरूले गर्न नसकेको अध्यक्ष्F राम बताउँछन्। उनीहरूविरुद्धको विभेदका घटना फाउन्डेशनमा आउने गरेको र त्यसलाई पञ्चायतीबाट अहिलेसम्म सुल्झाउँदै आएको उनले बताए। दलितहरूमा पनि डोम र मुसहर अझ बढी शोषित छन्।
दलितविरुद्ध भेदभावको घटनामा प्रहरीले चासो नलिने र गैरदलितको पक्ष लिने गरेको उनले आरोप लगाए। गाउँपालिका, नगरपालिका र महानगरपालिकाले पनि दलितहरूलाई विकास निर्माणमा त परै जाओस् निर्णायक छलफलमा समेत सहभागिता गराउँदैनन्। पछिल्लो निर्वाचनमा महिला सदस्य अनिवार्य गरिएकोले वडास्तरमा महिला सदस्यबाहेक एकाध सदस्यमा पुरुष प्रतिनिधित्व रहेको र उनीहरूको पनि पालिकामा खासै प्रभाव नभएको उनले बताए। पर्सा जिल्लामा राजनीतिक पहुँचमा दलित समुदाय सदस्यबाहेक उपल्लो पदमा एकजना पनि छैनन्।
दलितहरू अहिले पर्सा जिल्लामा दैनिक ज्यालादारी गरेर जीवनयापन गर्दै आएका छन्। खेतबारीमा काम गर्ने, ज्याला मजदूरीका साथै अहिले ठेकेदारसँगको सहकार्यमा जिल्लाबाहिर काम गर्न जाने क्रम बढेको छ। पुरुषहरू ज्यालादारीमा काम गर्छन् भने अधिकांश महिला र बालबालिका माछा, घोङी, गँगटो, अइँठा मार्ने र बिक्री गर्ने गर्छन्।
यसैबीच, आसमान नेपालले पर्सा जिल्लाको पर्सागढी नगरपालिका, कालिकामाई र पकाहामैनपुर गाउँपालिकामा बसोबास गर्ने ६ सय घरधुरीका दलित, मुसहर, तत्वा जातिको अवस्थाबारेमा गरेको सर्वेक्ष्Fणमा तत्वा जातिबाहेक दलित, मुसहर, डोम सुकुमबासी अवस्थामा रहेको पाइएको छ। तत्वा जातमा पनि १० कट्ठा खेत भएका १० प्रतिशत र २ कट्ठा खेत भएका ३० प्रतिशत छन्। ६ सय घरपरिवारमध्ये निजामती सेवामा कोही छैनन्।
केही दलितहरू सफाइ कर्मचारी रहे पनि उनीहरू स्थायी हुन सकेका छैनन्। ६ सय घरधुरीमा एक हजारभन्दा बढी बालबालिका छन् तर अहिले उनीहरू विद्यालय जाने गरेका छैनन्। लकडाउनपछि विद्यालय सञ्चालनमा आए पनि साना कक्षा सञ्चालनमा नरहेकाले पनि उनीहरू घरमैं छन्।
आसमान नेपालले पर्सागढी नपाको मनवा, बागवन्ना, झबराहा, बकनेर्वा, छटैली, पंचरूखी, बागेश्वरी, रघुनाथपुर, हरपुर, बडेर्वा, कालिकामाई गापाको मुडली, कटिबलुवा र पकाहामैनपुर गापाको धोरे, खेस्राहा, पकाहा, सुर्जाहाका ६ सय घरपरिवारको तथ्याङ्क सङ्कलन गरेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्