कुखुराको कारण पर्सागढीमा दिनहुँ झगडा

87

नरेश यादव, पर्सागढी, १६ पुस/
पर्सागढी नगरपालिकामा अहिले कुखुराको कारण झैंझगडाका घटना वृद्धि भएको छ। नगरपालिकाका प्रायः सबै वडामा मानिसहरूले लोकल र लोहाटन कुखुरा पालन गर्दै आएका छन्। उनीहरूले कुखुरापालन गरे पनि सोको व्यवस्थापन नगर्दा झगडाका घटना बढेको हो।
बिहान खोरबाट निस्किने कुखुरा सडक, खेतबारी र घरघरमा पुगेर नोक्सान गर्ने हुँदा झगडा हुने गरेको हो। कुखुराले तरकारीखेती नष्ट गर्ने, सुकाएको धान खाने र घरदैंलोमा पुगेर फोहर गर्नेलगायतका काम गर्दा घरपट्टी र कुखुरापालकबीच झगडा हुने गरेको हो। प्रहरी चौकी बिरुवागुठीका प्रहरी सहायक निरीक्ष्Fक शत्रुघ्न यादवले व्यवस्थित तरीकाबाट कुखुरापालन नहुँदा झगडा हुने गरेको बताए। उनले बुधवार मात्र एकजनाको आलुखेतमा कुखुराले चर्दा दुई पक्षबीच झगडा भएको र प्रहरी चौकीमा पञ्चायती गरेर मिलाउनुपरेको बताए। उनले कुखुरापालकलाई खोरमा कुखुरा पाल्न बारम्बार सुझाव दिंदै आए पनि अटेर गरेर जथाभावी कुखुरा छाड्दा विवाद भइरहेको बताए।
सातामा एक/दुई वटा कुखुराकै विषयलाई लिएर झगडा हुने र पञ्चायती गर्नुपर्ने उनले बताए। पर्सागढी नगरपालिकामा पछिल्लो समयमा लोकल र लोहाटन कुखुराको माग बढेको छ।
अहिले लोहाटन र लोकल कुखुरा जिउँदो रु ५ सयदेखि ८ सयसम्ममा बिक्री हुने गर्छ। लोकल कुखुरासरह लोहाटन कुखुराको मूल्य भएपछि अहिले धेरैले लोहाटन पालिरहेका छन्। तौल बढी हुने र मूल्य लोकल कुखुरासरह पाइने हुनाले पर्सागढीलगायत ग्रामीण क्षेत्रमा लोहाटन कुखुरा पाल्ने क्रम बढेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्