शिवशक्ति र त्रिदेव रिप्याकिङ उद्योगमा प्रहरीको छापा

140

प्रस, वीरगंज, १४ पुस/
वीरगंज महानगरपालिका वडा नं ३ स्थित दुईवटा उद्योगमा जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारी नक्कली उत्पादन बरामद गरेको छ।
वडा नं ३ स्थित शिवशक्ति रिप्याकिङ उद्योग र त्रिदेव रिप्याकिङ उद्योगमा पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त नेतृत्वको प्रहरी टोलीले मङ्गलवार साँझ छापा मारेको हो।
उक्त उद्योगमा रिफाइन तेल बाहिरबाट ल्याएर केमिकल प्रयोग गरी त्यसलाई तिलको तेल बनाएर प्याकिङ गरी बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।
उद्योगबाट नक्कली उत्पादनका साथै नक्कली स्टीकर र भारत तथा नेपालका विभिन्न उद्योगको नाममा तयार प्याकेटहरूसमेत बरामद गरिएको छ।
प्रहरीले उद्योगलाई सिल गरेको छ। बरामद सामग्रीहरू परीक्षणको लागि प्रयोगशाला पठाउने प्रउ पन्तले बताइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्