संसद् विघटनको विरोधमा प्रदर्शन

74

प्रस, वीरगंज, ११ पुस/
संसद् विघटनको विरोधमा आन्दोलनरत जसपा पर्साले शनिवार साँझ वीरगंजका विभिन्न स्थानमा मसाल जुलुस प्रदर्शन गरेको छ।
घण्टाघरलगायतका क्षेत्रबाट मसाल जुलुस प्रदर्शन गरी कोणसभा गरिएको थियो। मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले अवरोध गर्न खोजेको थियो।
मसाल बोकेका जसपाका कार्यकर्ताहरूसँग मसाल खोसेर प्रहरीले निभाउने कार्य गर्दा ठाउँ–ठाउँमा तनावको स्थिति रह्यो। मसाल जुलुस कार्यक्रममा जसपा पर्साका अध्यक्ष्F रामनरेश यादव, जगदीश कुर्मी, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, रमेश कुर्मी, मञ्जुर आलम, करीमा बेगम, केन्द्रीय सदस्य शिव पटेल, निजामुद्दीन समानीलगायत कायकर्ताहरूको सहभागिता थियो।
प्रस, रौतहट/
जसपाले रौतहटमा पनि मसाल जुलुस प्रदर्शन गरेको छ।
रौतहटको मधेसी क्रान्तिचोकमा कार्यकर्ताहरू भेला भई विरोध प्रदर्शन गरेका थिए। नेता श्यामबिहारी यादवले प्रहरी रहेको ठाउँदेखि केही दूरीमा मसालमा आगो लगाएर नाराबाजी गरेका थिए।
प्रहरी हस्तक्षेपपछि मसाल जुलुस कार्यक्रमपछि आयोजित सभामा नेता बृजकुमार यादवले रगत बगाएर ल्याएको सङ्घीय गणतन्त्रलाई नेकपा सरकारले समाप्त पार्न षड्यन्त्रपूर्वक संसद् विघटन गरेको आरोप लगाए। प्रदर्शनमा रामाशिष राय यादव, अनिलकुमार सिंह, धर्मेन्द्र पटेल, चन्दन यादव, उपेन्द्र चौधरी, हरिनारायण यादव, कौशर खान मिथिला, राजकुमार तत्मा, सञ्जय यादव, ओमप्रकाश साह, शोभादेवी साह, राधा साह, अम्बेया खातून, दिनेश यादव सञ्जीव यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्