शुल्कविरूद्ध गौरमा विद्यार्थीको जुलुस

81

प्रस, रौतहट, १० पुस/
जुद्ध माध्यमिक विद्यालय गौरका विद्यार्थीहरूले गौर सदरमुकाममा विरोध प्रदर्शन गरेका छन् । विद्यालयले पठनपाठन गराएबापत शुल्क लिएको भन्दै सोको विरोधमा विद्यार्थीहरूले शुक्रवार विरोध प्रदर्शन गरेका हुन् ।
विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराएबापत गैरसरकारी विद्यालय सरह शुल्क लिदै आएको विद्यार्थीहरूले बताएका छन् ।
शुल्कको विषय लिएर गौर नगरपालिकाले कुनै बहानामा शुल्क नलिन विद्यालयलाई पत्र पठाए पनि विद्यालयले अटेर गरी शुल्क  लिंदै आएको विद्यार्थीहरूले बताए ।
यस सम्बन्धमा प्रअ चन्देश्वर राउतसँग सम्पर्क गर्दा अभिभावकसँग गरिएको सरसल्लाहको आधारमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरू गरिएको र सोबापत शिक्षक थप लाग्ने भएकोले सहुलियत शुल्क लिएको बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्