मौकामा चौका सबैले हान्न जान्दैनन्

93

वैधनाथ ठाकुर

भनिन्छ, एकचोटि मौका सबैको जीवनमा आउँछ तर मौकामा चौका सबैले हान्न जान्दैनन् अर्थात् चौका हान्ने बेलामा एक्कादुक्कीमा ऊ रमाउन थाल्छ । फलस्वरूप मौका जान्छ । पछि त्यही मानिस आफूलाई अभागी, निरीह, कमजोर, पीडितलगायतको उपनामले जीवनभर पछुतो मान्ने गर्छ ।
स्याउको रूखबाट स्याउ झरेको कुरा होस् वा आँपको रूखबाट आँप झरेको न्यूटनभन्दा पहिले पनि मानिसहरूले नदेखेका होइनन् । तर माथिबाट तल कुनै वस्तु किन झर्छ वा बीचमा किन अड्किंदैन वा माथि फालिएको वस्तु अनन्त ब्रह्माण्डमा किन जाँदैन यस्ता प्रश्न सर आइज्याक न्यूटनको दिमागमा किन आयो र ऊ त्यसमा किन यति धेरै घोत्लियो कि पृथ्वीमा रहेको गुरूत्वाकर्षण (चुम्बिकीय शक्ति) पत्ता लगायो । आज न्यूटन महान् वैज्ञानिकको रूपमा जानिन्छन् ।
पहिले पहिले रसियाका नागरिकहरू निकै अल्छी थिए । कुनै काम ठीक ढङ्गले गर्दैनथे । नागरिकहरूमा अल्छीपन यति धेरै थियो कि उनीहरू आफ्नो अनुहारको दा¥ही जुँगासमेत खौरिंदैनथिए । रसियालाई समृद्ध बनाउन जारले बडो बुद्धिले काम लिए । उनले मानिसहरूलाई अनुहारको दा¥ही, जुँगा फाल्न भनेनन् । जारलाई थाहा थियो, दा¥ही–जुँगा फाल भन्दा व्यक्तिगत स्वतन्त्रता हनन हुने हल्ला चलाएर ठूलो विद्रोह हुन सक्छ । त्यसैले जारले नयाँ कानून पास गरे । नयाँ कानून अनुसार अब रसियामा दा¥ही पाल्दा सरकारलाई कर बुझाउनुपर्ने भयो । कर बुझाएर दा¥ही पालेका व्यक्तिहरूले कर बुझाएको प्रमाणपत्रको एउटा सानो स्टिकर दा¥हीमा लगाएर हिंड्नुपर्ने भयो । सडकमा सरकारको तर्पmबाट नियुक्त भएका हजामहरू प्रत्येक दिन कैंची र छुरा लिएर बजारमा दर्जनौंको सङ्ख्यामा निस्किन थाले । प्रमाणपत्र नझुन्ड्याइएको देखेपछि हजामले बाटोमैं बसाएर उनीहरूको दा¥ही खौरिन थाले । यो कानूनको पालनाले त्यो बेला रसियामा धेरै परिवर्तन ल्यायो । दा¥ही पाल्नेहरू जो दा¥हीका शोखिन थिए, उनीहरू सरकारलाई कर बुझाएर दा¥हीमा स्टिकर लगाएर बजारमा निस्किन थाले भने अरू मानिसहरू घरमैं दा¥ही काटेर बाहिर आउन थाले । उनीहरूमा एक प्रकारको फुर्ती आयो र रसियाको अर्थतन्त्र बिस्तारै बलियो हुन थाल्यो ।
सबैलाई थाहा छ, खाडी देशहरू प्रायः मरूभूमिमैं छन् । अत्यधिक गर्मी तथा खाडीको साउदी अरब, कतार, दुबई आदि ठाउँमा जाने हो भने संसारमा कहीं नभएको सुन्दर बगंैंचा हेर्न पाइन्छ । दुबईको मिराकल गार्डेन संसारमैं नाम कमाएको फूलबारी हो । दिनभरि डुल्दा पनि त्यहाँबाट आउन मन लाग्दैन । सडकको कुनै छेउमा यति राम्रँे फूल लगाइएको छ कि आश्चर्य लाग्छ कसरी त्यस्तो गरेको होला । सबै ठाउँमा समुद्रबाट पाइपले पानी लगेको छ र स्वचालित पानी खन्याउने प्रणालीबाट सबै फूलका बिरूवाले पानी पाउँछन् । मरूभूमिको बालुवामाथि गाडी कुदाउने एक विशेष कला (डेजर्ट सफारी) विकसित गरी लाखौं मान्छेलाई खाडीमा आउन बाध्य पारिएको छ । बेली डान्स राति मरूभूमिको बीचमा हेर्न पाइने, उँmटको सवारी गर्ने आदि छुट्टै आनन्द छ । त्यहाँका राजाहरूले तेलबाट पैसा कमाएका छन् । कलकारखानाहरूबाट पैसा कमाएका छन् । मरूभूमिको बालुवामा विभिन्न करतब (लीला) देखाएर पैसा कमाएका छन् । यही हो, मौकामा चौका हान्नु ।
सबैलाई थाहा छ, नेपाल प्राकृतिकरूपले निकै समृद्ध देश हो । अझै जल सम्पदामा संसारमा ब्रजीलपछि यसको दोस्रो स्थान छ । पर्वते समाजमा एउटा उखान छ– ‘माल पाएर के गर्नु चाल पाए पो ।’ यहाँका सुन्दर ताल, पहाड, जङ्गल, जीवजन्तु, चराचुरूङ्गी, जडीबुटी, हिमाल, झरना आदि सबै अहिले रोइरहेका छन् । जङ्गलको तीव्र गतिमा भइरहेको विनाशले वासस्थानको अभावले जङ्गली जीवहरू अस्तित्वको सङ्कटतिर निकट भविष्यमैं पुग्नेवाला छन् । नदीहरूबाट असुरक्ष्ँित किसिमले निकालिएको बालुवा, गिट्टी, ढुङ्गाले प्रत्येक वर्ष बाढीपहिरोको समस्या विकराल बन्दै गइरहेको छ । पर्यावरणीय असन्तुलनले हिमालहरू नाङ्गिन थालेका छन् । देशभित्र रोजगारको अवसर दिन प्रतिदिन खोसिंदै जाने अवस्थाले विप्रेषणमैं आर्थिक निर्भरता बढाउँदै लगेको छ । गाउँघरमा लाश जलाउनसमेत छोरा मान्छेको अभाव देखिन थालेको छ । लामो समयसम्म अस्थिर राजनीतिको मारमा नेपाली समाज बस्दै आएको बाध्यताले विकासको नाममा विनाश रहन गयो ।
यस्तो भयावह अवस्थाको समूल समाप्ति तथा सुखी नेपाली समृद्ध नेपालको सपना बाँडेर दुई तिहाइ मतका साथ सत्तासीन भएका नेपालको प्रमुख पार्टी नेकपाले मौकामा चौका हान्ला भन्ने विश्वास सबैले लिएको थियो । नेकपाका अध्यक्ष्ँ एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको खरो बोलीले बरू नेपाली नागरिकलाई समृद्ध बनाउनेछ जस्तो सबैलाई लागेको थियो । दश वर्षसम्म छापामार युद्ध सञ्चालन गरेर आएको नेकपाका अर्का अध्यक्ष्ँ पुष्पकमल दाहाल प्रचण्डबाट पनि जनताले निकै आस गरेका थिए । दुईवटा सक्षम पाइलटले उडाएको जहाजमा निकै रमाएको थियो जनता । तर स्वार्थको फोहरी खेलले नेपाली जनता ‘उडायो सपना सबै हुरीले’ गीत गाउन बाध्य भएको छ ।
यतिबेला प्रचण्ड समूह र ओली समूह मिलेर देशको कायापलट गर्ने काममा लागेको भए शायद इतिहासमा यिनीहरूको नाम स्वर्ण अक्ष्ँरमा लेखिन्थे होला । तर भयो यसको ठीक उल्टो । भनिन्छ– ‘जेको लागि अलग भइयो, त्यही प¥यो आफ्नो भागमा ।’ अर्थात् राजनीतिक अस्थिरताले धुरूक्क रूवाएको नेपाली समाजलाई अन्ततः फेरि ओली र प्रचण्ड समूहले रून विवश पारे । प्रधानमन्त्री बन्ने दिवास्वप्न देखेर पार्टी एकीकरण गरेका प्रचण्ड र पाँच वर्ष आफूले मात्रै सरकार हाक्ने जिद्दीमा अडेको ओलीको टकरावमा ‘साँढेको जुधाइ र बाछाको मिचाइ’ हुन पुग्यो । करीब दुई तिहाइ बहुमत भएको पार्टीले नै संविधानको धाराविपरीत संसद् विघटन गर्ने ओली जति दोषी छन्, त्योभन्दा कम प्रधानमन्त्रीबाट हटाएरै छाड्ने षड्यन्त्रमा लागेका माधव, झलनाथ, प्रचण्ड गुट पनि छैन । अब आन्तरिकरूपमा सबै पार्टी चुनावको तयारीमा लागेका छन् भने केही अदालतको पैmसलासम्म हेरौं भन्नेमा छन् । यस्तोमा यदि अदालतबाट सरकार हारेन र संसद् पुनस्र्थापना भएन भने प्रधानमन्त्रीको लागि चौका हान्ने योजना प्रमुखरूपमा बनाउने दलहरूभित्रको आन्तरिक कलह फेरि चुलीमा पुग्नेछ ।
खासगरी नेपाली काङ्ग्रेसमा मर्नुअगाडि एकचोटि भएपनि प्रधानमन्त्री बन्ने सपना देखेका रामचन्द्र पौडेल तथा बाँचुन्जेल आफू निर्विकल्प प्रधानमन्त्री घोषणा गर्ने शेरबहादुर देउवाबीचको लडाइँ हेर्न बाँकी नै छ । जनतालाई अहिलेका नेताहरूमध्ये जो प्रधानमन्त्री भएपनि करको भारी बोकाएर दशौं पुस्तालाई सम्पत्ति जोड्नेबाहेक केही गर्ला जस्तो देखिंदैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्