ब्रह्म

197

शीतल गिरी 

गताङ्कको बाँकी…
हाम्रो जीवन जब त्यस मार्गमा प्रेरित हुनेछ, तब निष्फल आशाहरू एवं भयको नै अधीन हुनेछ । विवेकी जीवनमा एकता एवं सङ्गति स्पष्ट लक्षित हुनेछ ।
“त्यो जहाँसम्म पुग्दछ, त्योभन्दा पनि टाढा बस्न चाहन्छ । यदि आकाशमा पनि पुग्यो भने तब पनि त्योभन्दा पर जाने कामना गर्दछ ।” (ऐतरेय आरण्यक, २ ३, ३ ः १) हामीमध्ये धेरैजसो व्यक्ति त्यस मार्गमा छौं, जसबाट धनसम्पत्ति प्राप्त हुन्छ तर धेरै मानिस त्यसमा नाशिन्छ । (कठ उपनिषद्, २ ः २–३) पदार्थहरूका दास बनेर र बाह्य वस्तुहरूमा आफूलाई लिप्त पारेर हामी यथार्थ आत्मालाई बिर्सन्छौं ।  
नित्यको प्रति जुन प्रेम छ, त्यो मात्र सर्वोपरि प्रेम हो र स्वयम् आफ्नो पुरस्कार हो, किनभने परमेश्वर प्रेम स्वरूप छ। (वृहदारण्यक उपनिषद्, ३ ः ९, ११) परमेश्वरको प्रेम आनन्द हो ः ऊसँग प्रेम नगर्नू दुःखको कारण हो । परमात्मासित प्रेम गर्नु ज्ञान एवं अमरत्व प्राप्त गर्नु हो । उनकोप्रति प्रेम नराख्ने मनुष्यको जीवन संशय र भ्रान्ति, दुःख एवं मृत्युको शिकार बन्दछ (वृहदारण्यक उपनिषद्, ४ ः ४, ५) ।  
यदि मनुष्यको इच्छा विषयासक्तिप्रति छ, तब ऊ व्याभिचारी भइहाल्छ, यदि सुन्दर पदार्थहरूको अभिलाषा छ, तब कलाकार बन्दछ, र यदि ईश्वरप्राप्तिको इच्छा छ भने ऊ सन्त बन्दछ । मोक्ष एवं ज्ञान प्राप्ति इच्छाको अत्यधिक महŒव छ । इच्छाहरूमा पनि भेद छ अर्थात् सत्य एवं मिथ्या इच्छाहरू (छान्दोग्य उपनिषद्, ७ ः १, ३) ।  
हामीलाई निर्देश गरिएको छ, हामी सत्य इच्छाहरूको मात्र सहभागी बनौं । नचिकेता जस्तो धर्मनिष्ठा एवं पितृभक्ति, सतीसावित्री जस्ती प्रगाढ प्रेम एवं पतिभक्ति, यो दूषण होइन ।
सृष्टिको स्वामीको कामइच्छाको अर्थमा छ ः “उसले कामना ग¥यो, आऊ म थुप्रै बनूँ ।”
यदि परम प्रभुले पनि इच्छा गर्छ भने त हामीले किन नगर्ने ? उपनिषद्हरूमा हामी कतै पनि अनुराग एवं प्रेमको नितान्त निन्दा पाउँदैनौं । हामीलाई अभिमान, रोष, कामवासना आदिको निर्मूलनको आदेश गरिएको छ, तर प्रेमका कोमल मनोभावहरू, करूण एवं सहानुभूति इत्यादिहरू त्यागिदिने आदेश छैन । यो सत्य हो, जहींतहीं उपनिषद्ले तपस्यालाई धार्मिक सिद्धिको रूपमा प्रतिपादन गर्दछ, तर तपस्याको अर्थ हो, आत्मशक्तिको विकास अर्थात् आत्माको दैहिक दासताबाट मुक्त गर्नु, गम्भीर चिन्तन अथवा मानिसलाई सशक्त बनाउनु (मुण्डक उपनिषद्, १ ः १, ९) ।  
आत्मालाई अझ धेरै निस्सहाय एवं दुःखी बनाएर विषय–वासनाको अनुसरण गर्नुहँुदैन, त्यसले टाउको उठाउँछ एवं उपद्रो मच्चाउँछ ।   
तर यस त्यागको भावलाई उपनिषद्कालमा, परवर्तीकालको मूर्खतापूर्ण वैराग्यको रूपमा अवनति भएन, जसमा शरीर डाम्नु आदि यस्तै नै अन्यन्य क्रियाहरू प्रचलित भए ।  
बुद्धको जस्तै नै भारद्वाजले पनि सांसारिक जीवन एवं वैराग्य दुवैको विरोध गर्दछन् (मुण्डक उपनिष) ।  
हामी शरीरको बाधक एवं आत्मालाई भार ठानेर तुच्छ नसम्झौं, यस किसिमबाट यस शरीरको पवित्रीकरण, इन्द्रियहरूको स्वातन्त्रय, मनको विकास, आफ्नो शरीरलाई कष्ट दिनु जस्तो पनि छैन । तैत्रिरीय उपनिषद्, (१ ः ४) छान्दोग्य उपनिषद् (८ ः ४, ३)मा हामीलाई यो पनि निर्देश गरिएको छ, ब्रह्मलोकको प्राप्ति उसैलाई हुन्छ, जसले ब्रह्मचर्यको पालन गर्दछ । ब्रह्मचर्य त्यो नियन्त्रण हो, जसमा प्रत्येक विद्यार्थीले गुरूबाट विद्याध्ययन गर्दा पालन गर्नैपर्छ ।  
यो संसारको त्यागको साथमा तपस्या या वैराग्य छैन, किनभने सोही उपनिषद्ले ८ ः ५ मा ब्रह्मचर्यलाई यज्ञहरूका अनुष्ठानको समान स्थान दिएको छ । यस्तो प्रतीत हुन्छ, मानौं यो एक प्रकारको सङ्केत थियो, जसबाट ब्रह्मचर्यको मिथ्या व्याख्या अर्थात् संसार निवृत्ति गर्न नसकोस् । शरीर आत्माको सेवक हो, कारागार रूप होइन ।   
उपनिषद्हरूमा यस किसिमको कुनै सङ्केत कतै छैन, जसमा यो आदेश होस् कि हामीले जीवन, मन, चेतना, बुद्धि आदिको त्याग गर्नुपर्छ । अर्कोतर्पm अन्तःस्थ दैवीय शक्तिको सिद्धान्तले हामीलाई ठीक यसको विपरीत दिशातर्पm लैजान्छ ।   
आत्मसंयम, उदारता र करूणा सद्गुण हुन् । (वृहदारण्यक उपनिषद् ५, २) यस सिद्धान्तलाई निम्नलिखित शब्दहरूमा तैतिरीय उपनिषद् १ ः ११ मा वर्णन गरिसकेको छ ः “श्रद्धापूर्वक दान देऊ न कि अश्रद्धापूर्वक, उदारतापूर्वक देऊ, लज्जावश देऊ, भयले देऊ, सहानुभूतिपूर्वक देऊ ।” छान्दोग्य उपनिषद् (३ ः १७)मा ईश्वरको ध्यान, दानशीलता, सत्य–व्यवहार, अहिंसा र सत्य भाषण सदाचारका किसिम भनिएको छ । पशुजगत्लाई पीडा दिनमा सङ्कोच गर्नु, शिकार बनेको शशकको लागि दुःख प्रकट गर्नु, हाम्रो आधुनिक भाव अनुसार, मूर्खतापूर्ण भावुकता हुन सक्दछ, जो चिडचिडे महिलाको लागि मात्र सुहाउँछ । तर उपनिषद्हरूमा पशुसृष्टिप्रतिको प्रेमलाई एउटा महान् धर्म भनिएको छ ।
चिन्तनात्मक जीवन यथार्थ सत्ताको साधन मात्र हो, जसद्वारा हामी वस्तुहरूको यथार्थतालाई देख्न सक्दछौं । सतर्क एवं सूक्ष्म मनद्वारा नै त्यो देख्न सकिन्छ ।
(कठ उपनिषद्, ३ ः १२) ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ एवं संन्यास यी चारवटै आश्रम बनाइएको छ, जसलाई मनुष्यले बिस्तारै–बिस्तारै पार गर्दै गएमा आफूलाई सांसारिक मनले शुद्ध बनाउन सक्छ र तब मात्र आध्यात्मिक निवासस्थानमा प्रवेश पाउने अधिकारी बन्नेछ । समाप्

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्