जीराभवानीको प्रमुख प्रशासकीय अधिकृतमा पुनः प्राण मेहता

96

प्रस, पंचगावाँ, १० पुस/
जीराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्राण मेहतालाई मन्त्रालयले जिम्मेवारी सुम्पेको छ ।
पछिल्लोपटक मेहतालाई मङ्सिर २१ गते मन्त्रालयले सो पालिकाको जिम्मेवारी सुम्पेर पठाए पनि पछि सुरेश साहलाई एक सातापछि प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको थियो । गापा प्रमुख रामप्रीत महतोले मन्त्रालयमा पुगेर मेहतालाई पुनः बहाली गराएर ल्याएका हुन् ।
सङ्घीय विकास तथा स्थानीय विकास मन्त्रालयले पुस ३ गते मेहतालाई जीराभवानी गापाको प्रमुख प्रशासकीय अधिकृत तोकेको र उनको ठाउँमा पठाइएका सुरेश साहलाई पटेर्वासुगौली गापाको जिम्मेवारी तोकेको छ । जीराभवानी गापामा प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई लिएर यता केही दिनदेखि निकै विवाद शुरू भएको थियो । यहाँका प्रमुख प्रशासकीय अधिकृत कुलोत्तम पोखरेलले अनिवार्य अवकाश पाएपछि उनको ठाउँमा सोही गापाका पशु शाखा प्रमुख शिवचन्द्र ठाकुरलाई निमित्त बनाइएको थियो । पछि मन्त्रालयले मङ्सिर २१ गते मेहतालाई पठाएको र त्यसपछि सुरेश साहलाई पठाएको थियो ।
एकै सातामा दुईजना प्रशासकीय अधिकृत फेरिएका हुन् । अहिले पुस ६ गतेदेखि मेहताले पुनः जिम्मेवारी पाएका छन् र नियमित काम गरिरहेको उनले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्