जगरनाथपुर गापामा मात्र विद्यालय सञ्चालन हुन बाँकी

97

प्रस, पंचगावाँ, १० पुस/
पर्सा जिल्लाका १४ स्थानीय तहमध्ये अब एकमात्र जगरनाथपुर गाउँपालिकामा विद्यालय सञ्चालन हुन बाँकी छ ।
जीराभवानी गाउँपालिकाले पुस १२ गते आइतवारदेखि विद्यालय सञ्चालनमा ल्याउन लागेको उपाध्यक्ष उषादेवी थरूनीले बताइन् ।
लकडाउनपछि सर्वप्रथम वीरगंज महानगरपालिकाले असोज २३ गतेदेखि कक्ष्ाँ ८ देखि १० सम्म अध्यापनको लागि इजाजत दिएको थियो ।
तर यहाँका विद्यालयहरू दशैं, तिहार, छठपछि मङ्सिर ७ गतेदेखि मात्र सञ्चालनमा आए ।
अहिले महानगरमा कक्षा ६ र ७ को पनि अध्यापन शुरू भइसकेको छ ।
वीरगंज महानगरपछि ग्रामीण क्षेत्रहरूमा विद्यालय सञ्चालनमा आउन शुरू गरेको हो । पछिल्लोपटक पोखरिया नगरपालिकाका विद्यालयहरू सञ्चालनमा आएका थिए । अहिले जगरनाथपुर गापाबाहेक सबै स्थानीय तहका विद्यालयहरू सञ्चालनमा छन् ।
जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँले एक सातापछि विद्यालय सञ्चालनमा आउने बताए । यो गापामा ३१ वटा सामुदायिक विद्यालय छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्