ओरिया खोलाबाट दुईवटा भारतीय ट्याक्टर नियन्त्रण

101

प्रस, पंचगावाँ, १० पुस/
ओरिया खोलामा अवैध उत्खनन गरिरहेका दुइटा भारतीय ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
जगरनाथपुर गाउँपालिका–१ पिडारीगुठीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट र महादेवपट्टिको टोलीले बिआर २२ जिबी २५९५ र नम्बर नखुलेको अर्को भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय चलान गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बालुवा लोड गरेको अवस्थामा ओरिया खोलाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरीक्षक वसन्त जिसी र केदार राईले बताए । जिसी र राईले आआफ्नो क्ष्ँेत्रबाट एक/एकवटा ट्याक्टर नियन्त्रणमा लिएका हुन् ।
ओरिया खोलामा भारतीय पक्षले दैनिक अवैध उत्खनन गर्दै आएको छ । यस वर्ष पनि स्थानीय तह अन्तर्गत सो खोलाको ठेक्का हुन नसकेपछि अहिले नेपाल र भारत दुवैबाट अवैध उत्खनन जारी छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्