संसद् विघटनविरुद्ध जसपाको प्रदर्शन

108

प्रस, वीरगंज, ८ पुस/
जनता समाजवादी पार्टी, पर्साले केन्द्रीय कार्यक्रम अन्तर्गत वीरगंजको घण्टाघरमा संसद् विघटनविरुद्ध प्रदर्शन गरेको छ।
घण्टाघरबाट निकालिएको –याली नगरपरिक्रमापछि सोही ठाउँमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा जसपाका केन्द्रीय सदस्य निवर्तमान सांसद प्रदीप यादव, हरिनारायण रौनियार, राजेशमान सिंह, शिव पटेल, सुरेन्द्र कुर्मी, निजामुद्दीन समानी, रम्भा मिश्र, कृष्ण पटेल, श्रीराम गिरी, प्रदेशसभा सदस्य रमेश पटेल, प्रह्लाद गिरी, करीमा बेगम, जन्नत अन्सारीलगायतले संसद् विघटन असंवैधानिक कदम भएको बताए। उनीहरूले प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन गरेर अलोकतान्त्रिक चरित्र उजागर गरेको र अब सङ्कटकाल लगाएर शासन सत्ता लम्ब्याउने कुटिल चाल चलेको बताए।
उनीहरूले प्रधानमन्त्री ओलीको चाल सफल हुन नदिने र संसद् पुनस्र्थापना गरेर छाड्ने बताए। नेपाली जनताले सबैखाले परिवर्तन सडकबाट गर्दै आएको र यो आन्दोलनलाई पनि अन्तिम रूप दिने बताए। वक्ताहरूले संसद् विघटन गरेर मताधिकारको ठाडो उल्लङ्घन गरेको र यसको बर्खिलापमा जनता समाजवादी पार्टी एक्लै भएपनि विरोधमा उभिने बताए। उनीहरूले संसद् विघटनविरुद्ध जसपाले घोषणा गरेको पाँच दिने आन्दोलनमा सबै कार्यकर्तालाई सक्रिय सहभागी हुन आग्रह पनि गरे।   
जसपा पर्साका अध्यक्ष रामनरेशप्रसाद यादव र जगदीशप्रसाद पटेलको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियो।
प्रस, रौतहट/
रौतहटमा पनि जसपाले संसद् विघटनको विरोधमा प्रदर्शन गरेको छ।
विपी चोकबाट निकालिएको विरोध –याली नगरपरिक्रमापछि कोणसभा भएको थियो। कोणसभामा प्रदेशका कृषि राज्यमन्त्री योगेन्द्र यादव, प्रदेशसभा सदस्य रामकिशोर यादव, बाबुलाल साह, नगरप्रमुखहरू अजय गुप्ता, धर्मेन्द्र पटेल, इनु यादव, राजु यादव, वीरेन्द्र यादव, उपप्रमुख किरण ठाकुर, प्रेमलता कुशवाहा, लीला साह, स्थानीय नेता बसरुद्दीन अरमान, श्यामबिहारी यादव, प्रकाशभाइ मधेसिया, कौशल खाँ मिथिला, महिला नेत्री शोभा देवीलगायतले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्