चीसो बढेसँगै ग्रामीण क्षेत्रमा रोगी बढ्दै

133

प्रस, पंचगावाँ, ८ पुस/
चीसो बढेसँगै ग्रामीण क्ष्Fेत्रमा बिरामीहरूको घुइँचो बढेको छ। कोल्ड डायरिया, ज्वरो, श्वासप्रश्वास, दम, रुघाखोकी, छाला चिलाउनेजस्ता रोग लागेका बिरामीहरू आउने गरेको प्राथमिक स्वास्थ्य चौकी निचुटाका प्रमुख प्रमोद कर्णले बताए।
खासगरी गरीब, विपन्न, दलित परिवारका मानिसहरू यस प्रकारका रोगबाट पीडित हुने गरेको उनको भनाइ छ। खेतबारीमा काम गर्नेहरू, बालबालिका, वृद्ध, ज्येष्ठ नागरिकका साथै सरसफाइमा ध्यान नपु–याउनेहरू यस प्रकारका रोगबाट पीडित हुने गरेको प्रमुख कर्णले बताए।
विन्ध्यवासिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौहानले मौसम परिवर्तनसँगै सोबाट बच्ने उपाय अवलम्बन नगर्दा बिरामीहरू बढेको बताए।
पटेर्वासुगौली गापाका स्वास्थ्य शाखा प्रमुख जगरनाथ साहले दीर्घरोगी, बालबालिका, वृद्ध चीसोबाट पीडित हुने गरेको र उनीहरूलाई जोगाउन गापाले सचेतना कार्यक्रम गर्दै आएको बताए। स्वास्थ्य चौकीमा आउनेहरूलाई यसबारेमा सचेत गराउने गरेको उनले बताए।
बिरामीहरू बढे पनि अहिले स्वास्थ्य चौकीमा आवश्यक औषधिको अभाव नभएको उनले बताए। चीसोलाई मध्यनजर गरेर आवश्यक औषधिको जोहो गरिएको प्रमुख साहले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्