पौने तीन करोडको लागतमा अदालत भवन बन्दै

136

प्रस, परवानीपुर, ७ पुस/
पर्सा जिल्ला अदालतमा फलामको पौने तीन करोड रुपैयाँको लागतमा तीन तले भवन निर्माण कार्य भइरहेको छ।
पर्सा जिल्ला अदालतमा इजलास, सभाहल र पुरानो फाइल राख्ने छिनुवा शाखाको लागि टेन्डर प्रक्रियाबाट भवनको निर्माण भइरहेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले बताए।
हालको समयमा अदालतमा सेवाप्रवाह गर्न भौतिक संरचनाको अभाव भएपछि अदालतको मुख्य भवन र जिल्ला सरकारी वकीलको कार्यालयको बीचमा ठेकेदार शिवालय बिल्डर्स काठमाडौंले उक्त भवन निर्माण गरिरहेको उनले जानकारी गराए।
गत फागुनमा ठेकेदारसँग सम्झौता भएको थियो भने माघभित्र काम सम्पन्न हुनुपर्ने शर्त राखिएको छ।
तर कोरोना महामारीको कारण भवन निर्माण कार्य लम्बिएपछि म्याद थप गरेर यसै आवमा काम सकाउने लक्ष्य राखिएको छ।
यसैबीच, चिनीमिलको जग्गा नेपाल सरकारले उच्च अदालत, जिल्ला अदालत र सरकारी वकीलको कार्यालयको लागि ६ बिघा जमीन उपलब्ध गराए पनि तीनवटै कार्यालयको भौतिक संरचना निर्माण शुरू भएको छैन।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्