नेउवामहासङ्घका नवनिर्वाचित पदाधिकारीहरूको सम्मान

121

प्रस, वीरगंज, ७ पुस/
वीरगंज उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ।
वीउवासङ्घको सभाकक्षमा अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, जिल्ला नगर उवासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, एशोसिएट समूहका उपाध्यक्ष रामचन्द्र संघई, कार्यकारी सदस्यहरू अरुणराज सुमार्गी, डिबी बस्नेत, विजय शाहलाई सम्मान गरिएको थियो।
सो अवसरमा महासङ्घका अध्यक्ष गोल्छाले निजी क्ष्Fेत्रका साझा समस्याहरूलाई विगतका दिनहरूभन्दा अझ प्रभावकारी तरीकाबाट अगाडि बढाउने बताए। उनले आफ्नो नेतृत्वले दैनिक दुई बजे नियमितरूपमा महासङ्घको सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको जानकारी गराए।
कार्यक्रममा वीउवासङ्घका अध्यक्ष गोपाल केडियाले स्वागत गर्दै देशमा उद्योग, व्यापार, व्यवसाय, बैंक, वित्तीय संस्था, कर, राजस्व तथा निजी संस्थासँग प्रत्यक्ष्F र परोक्षरूपमा सरोकार राख्ने आर्थिक मुद्दाहरूको चाङ लागेको र त्यसमा पनि मोफसलका उद्योगी, व्यवसायीहरूको समस्या झन् जटिल अवस्थामा रहेको बताए।
वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले महानगरपालिकाले जिल्लाका अर्थकर्मीहरूको लागि विशेष योजना ल्याएको बताए। उनले सो अवसरमा नवनिर्वाचित पदाधिकारी, सदस्यहरूलाई खाँदा ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा वीउवासङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले धन्यवाद ज्ञापन गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्